eNepal

भिक्टोरीयामा थप कढाई, नियम उलङ्घन गरे तुरुन्त $१६५२ जरिवाना तिर्नु पर्ने

भिक्टोरीयामा कोभीड १९ सङ्क्रमण बढ्नबाट  रोक्न तेस्रो चरणका केही कडा नियमहरु अगाडी सारेको छ। 

भिक्टोरियामा गए राती मात्र ९६ वटा नयाँ घटनाहरू दर्ता भएको पुलीस मन्त्री लिसा नेभिलले मंगलबार बताएका छन्।

प्रिमियर डानियल एन्ड्र्यूजले सोमबार स्पष्टसँग भनेका छन्- : “घरमा बस” 

यदि नियम उलङ्घन गरेको खण्डमा सोमबार राती बार्ह बजेबाट व्यक्तिलाई $१६५२ जरीवाना र व्यापारलाई $९९१३ जरिवाना तोकिएको छ र अदालतको प्रक्रिया मार्फत ठूलो जरिवाना लगाउन सकिने बताइएको छ।

त्यस्तै मुख्य बोटल सपहरुले बियर, वाईन लगाएतका पेय पदार्थको किनमेलमा पनि सिमा तोकेको छ। बियर वा साइडर दुई स्ल्याब भन्दा बढी लिन नपाईने र एक चोटीमा ब्राहवटा भन्दा बढी वाईनको बोटल लिन नपाईने भएको छ।

आज बिहान ६:३० बजेको तथ्याङ्क अनुसार कोभीड १९ का ४३५९ घटना देखा परेका छन् भने १९ जनाको मृत्यु भई सकेको छ।त्यस्तै क्यान्बेरामा ७८, न्युसाउथवेल्समा २०३२, नर्दन टेरीटोरीमा १४, क्विन्सल्याण्डमा ६८९, साउथ अस्ट्रेलीयामा ३०५, तास्मानियामा ६५, भिक्टोरीयामा ८२१, वेस्टर्न अस्ट्रेलीयामा ३५५ जनामा सङ्क्रमण देखा परि सकेको छ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349