नेपालमा रहेका वा पछिल्लो घटना क्रमले रोकिएका अस्ट्रेलीयनलाई आगामी ३० मार्चमा कतार एयरलाईन्स मार्फत दोहा हुँदै सिड्नी ल्याउने तयारी गरिएको नेपाल स्थित अस्ट्रेलीयन राजदुतावासले जानकारी गराएको छ। सो बिशेष वाणीजय उडानको लागि बुकीङ जारी गरिएको छ।
यसको लागि अष्ट्रेलियाली दूतावासमा आफ्नो पुर्ण विवरण दर्ता गरेका सबैलाई सुचना गराईसकेको जनाएको छ।
३०० सिट छुट्टाईएको सो फ्लाईटमा अष्ट्रेलियाली पर्यटकहरु र विशेष गरी बुढो र बच्चाहरुसंग परिवारलाई प्राथमिकता दिने बताईएको छ।
अष्ट्रेलिया फर्कने इच्छा राख्ने अस्ट्रेलियालीहरूलाई सकेसम्म चाँडो सम्पर्क गरेर बुक गर्न समेत सो सुचनामा जनाएको छ।
https://www.facebook.com/1092570300769953/posts/3511058455587780/?d=n
Photo: AirlineGeeks | Katie Bailey