eNepal

नेपालमा रहेका आफ्ना नागरिकहरु र अष्ट्रेलियन पीआरलाई अष्ट्रेलियाले चार्टड फ्लाईट मार्फत उद्धार गर्ने तयारी

नेपालमा रहेका आफ्ना नागरिकहरु र अष्ट्रेलियन पीआरलाई अष्ट्रेलियाले चार्टड फ्लाईट मार्फत उद्धार गर्ने तयारी

कोरोना भाईरसका कारण विश्वका कतिपय देशले यात्रु आवत जावतमा बन्ध गरि सकेका छन्। अष्ट्रेलियाले पनि आफ्ना नागरिक र पिआरधारी बाहेक सबैका लागि अष्ट्रेलिया आउने ढोका बन्द गरिसकेको छ भने अष्ट्रेलियन नागरिकले यहाँबाट विदेश भ्रमण समेत गर्न नपाउने भएका छन् ।

यस्तो संकटको बेलामा नेपालमा रहेका आफ्ना नागरिकहरु र अष्ट्रेलियन पीआर भएका व्यक्तिहरुको लागि केही दिनमै नेपाल सरकारसँग समेतको समन्वयमा अष्ट्रेलियाले चार्टड फ्लाईट मार्फत उद्धार गर्ने तयारी गरेको छ ।

यसका लागि केही स्वास्थ्य प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । यसैकारण नेपालस्थित अष्ट्रेलियन दूतावासले तत्कालै काठमाडौं बाहिर भए काठमाडौं आउन र दूतावासमा सम्पर्क गर्न आह्वान गरेको छ । 

अष्ट्रेलियन नागरिकहरु र अष्ट्रेलियन पीआर भएका एनआरएन अष्ट्रेलियाका तपाईं सदस्यहरु यदि नेपालमा हुनुहुन्छ र यहाँ आउन चाहनुहुन्छ भने यसै सूचनालाई आधार मानेर कृपया दूतावासको सम्पर्कमा जानुहोला । यदि कोही तपाईंको साथी नेपालबाट अष्ट्रेलिया आउन नपाएर उतै रोकिनुभएको छ भने यो सूचना उहाँसम्म पुर्याइदिनुहोला ।

नेपालमा आन्तरिक आवागमन समेत बन्द भएका कारण तपाईंहरुको लागि काठमाडौं बाहिरबाट काठमाडौं आउँदा आवश्यक पर्नसक्ने यो पत्र यो लिंक https://files.constantcontact.com/4447552f001/f8d97c06-5522-4a4d-816b-c84aa2ca6335.pdf बाट डाउनलोड गर्नुहोला । 

थप जानकारीको लागी नेपाल स्थित अष्ट्रेलियाली राजदुतावासको सम्पर्कनम्बर +९७७ १ ४३७ १६७८ मा सम्पर्क गर्नु होला या [email protected] मा इमेल गर्नु होला । 

Photo Source: © Courtesy of Brian – Fotolia.com

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349