eNepal

फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि

स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको छ ।

फ्रान्सबाट फर्किएका नेपालीमा कोरोनाको पोजेटिभ देखिएको मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । उहाँहरुको उपचार भैरहेको मन्त्री ढकालले जानकारी दिनुभयो । यसरी सं,क्रमित हुने व्यक्ति १९ बर्षको रहेको र उनी फ्रान्समा अध्ययनरत विद्यार्थि हुन् ।

उनी फ्रान्सबाट आएपछि आफैं क्वारेन्टाइनमा बसेकी थिइन्, उनको रिपोर्ट हिजो प्रयोगशालाले पोजेटिभ देखाएपछि अस्पताल भर्ना भएकी थिइन् । उनिसँग सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टाइनमा रखिएको छ ।

मन्त्री ढकालले नेपालमा कोरोना सं,क्रमणको पछिल्लो अवस्था र आ,शंकित व्यक्तिका बारेमा जानकारी गराउन भएको थियो । मन्त्री ढकालले सरकारले अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न गरेको आग्रहलाई पालना गर्न अनुरोध गर्नु्भयो ।

कोरोना कसलाई लागेको हो उहाँको नाम सार्वजनिक गरिएको छैन । उहाँसँग राखिएको व्यक्तिलाई क्वारेनटाइनमा राखिएको पत्रकार सम्मेलन मन्त्री ढकालले जानकारी दिनुभयो । उहाँको परिक्षणपछि आइतबार गरिएको रिर्पोटमा पोजेटिभ देखिएको हो ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349