कोभीड १९को महामारी फैलनबाट नियन्त्रण गर्न अस्ट्रेलियन सरकारले आजबाट अष्ट्रेलीया प्रवेशमा पिआर र अष्ट्रेलियन नागरिकदेखी बाहेक सबैमा रोक लगाएको छ। बिदेशबाट आएका सबैले समेत चौध दिन छुट्टै बस्नु पर्ने छ। यसबाट अस्ट्रेलीयाको नेपाली समुदाय पनि प्रभावित भएको छ।
एनआरएनए अष्ट्रेलीयाले प्रत्येक राज्य र क्षेत्रमा रहनु भएका बिशेष गरेर अन्तररास्ट्रिय बिधार्थी र आगन्तुक भिसामा आएका अभिभावकहरूको लागि कठिनाई नहोस् भन्ने हेतुले बिशेष टास्कफोर्स गठन गरेको छ।
अहिलेको बिसम् परिस्थीति र कठिनाईलाई ध्यानमा राख्दै नयाँ बिधार्थी भाई बहिनीहरुलाई केही भए पनि राहत दिने हेतुले हरेक राज्य र क्षेत्रमा यो टाक्स फोर्स गठन गरिएको हो।
यो टाक्सफोर्सलाई हरेक राज्य संयोजकहरू मार्फत कार्यदल सदस्यहरू बनाएर अगाडी बढाईने भएको छ भने राष्ट्रिय स्तरमा यसलाई पव्लीक अफीसर कोमलराज पाठकले समन्वय गर्नु हुनेछ। एनआरएनए अष्ट्रेलिया हेल्प लाईन र फेसबुक समूह सक्रिय रहने छन्।
यस्तो बिसम् परिस्थितीमा दूतावास, वाणिज्य दूतावास कार्यालय, सामुदायिक संगठन, व्यवसाय र खेलकुद संगठनहरु बीच ठूलो सहयोगको आवश्यकता रहेको बताउँदै प्रबक्ता नन्दा गुरुङले विस्तृत सहमतिमा पुग्न आइतवार सरोकारवालाहरूसँग राष्ट्रिय छलफल गर्ने जानकारी गराउनु भएको छ।
आगामी २३ मार्चबाट लागु हुने खाद्यान्न सहयोग अन्तररास्ट्रीय बिधार्थीहरुलाई प्रदान गरिनेछ जुन सहयोग तिस दिनको रहनेछ। त्यस्ता सहयोगका लागि योग्य हुन विद्यार्थीहरूले निम्न मापदण्ड पूरा गर्नुपर्दछ
१: हालसालै आगमन भएको हुनु पर्ने
२: बेरोजगार
३: सेल्फ आईसोलेसनमा बसेको हुनु पर्ने
४: स्थानीय रूपमा कोही पनि नजीकको परिवारबाट सहयोग नभएको
५: नेपाल दूतावास वा वाणिज्य दूतावासको कार्यालयलाई सूचित गरेको हुनु पर्नेछ
त्यस्तै गरेर अन्य नेपाली समुदायका सदस्यहरूको हकमा गम्भीर आर्थिक कठिनाइ भई सेल्फ आईसोलेसनमा बसेकाहरुको निमीत्त पन्द्र दिनको लागि खाद्यान्न प्रदानको व्यबस्था गरेको छ।
अष्ट्रेलियाली समुदायहरूका लागि स्वयम्सेवक पनि प्रदान गर्ने लक्ष्यका साथ राज्य संयोजकहरू अष्ट्रेलियाका स्थानीय समुदायहरूसँग सम्पर्क गर्नका लागि आईतबार साँझ राष्ट्रिय संकट फोरमले क्यानबेरास्थित नेपाली दूतावास, अष्ट्रेलियाका सबै नेपाली समुदाय संगठनहरू, समुदाय र व्यापारिक अगुवाको बिच बैठक बस्ने पनि एनआरएनएले प्रेस बिज्ञप्तीमा जनाएको छ। यस संकटको सामना गर्न समुदायको प्रतिक्रिया लिने बारेमा छलफल गर्न भिडियो कन्फरेन्सिंग आयोजना गरिने पनि सो बिज्ञप्तीमा जनाईएको छ।
सहायता प्याकेज सम्बन्धित निर्णय, निर्धारण र समन्वय काउन्सिलका सम्बन्धित राज्य समन्वयकर्ताहरुद्वारा गर्ने जनाईएको छ।
सबै सहायताहरू एनआरएनए अष्ट्रेलिया स्टेट टीम वा नेपाल दूतावास वा प्रत्येक राज्यको कन्सुलेट जनरलले प्रमाणित गर्नु पर्ने छ। थप जानकारी चाहिएमा हेल्प लाईन 1800 954 540 मा सम्पर्क गर्न एनआरएनए अस्ट्रेलीयाका प्रवक्ता नन्दा गुरुङले आग्रह गर्नु भएको छ।