eNepal

भद्रगोलको टोली मेल्बोर्नमा,भोली मेल्बोर्न भद्रगोलमय हुँदै

image
नेप्ले ईभेन्ट्सको सगौरभ प्रस्तुती अस्ट्रेलीयामा भद्रगोलको पहिलो सँस्करण भोली मेल्बोर्नमा हुँदैछ। नेपाली हाँस्य व्यङ्ग्य कार्यक्रमहरुको भिडमा आफ्नो फरक शैली र प्रस्तुतीकरणले सबै उमेरका दर्शकहरुको मन जित्न सफल कार्यक्रम भद्रगोल टोली अस्ट्रेलीयामा पहिलो चोटी आफ्नो प्रस्तुतीको लागि नेपालबाट आईसक्नु भएको छ।

भद्रगोल भित्रका मुख्य कलाकारहरु अर्जुन घिमीरे(पाँडे सोल्टी), कुमार कट्टेल(जिग्री), हरी निरौला(साङ्लो बोरो), अनि सागर लम्साल(बले)को बेजोड प्रस्तुती रहनेछ। साथमा नेपाली साङ्गीतिक दुनीयाँमा आफ्नो छुट्टै प्रस्तुतीको कारण ख्याती कमाउन सफल रुन्चे गाएक भनेर चिनीने प्रकाश पौडेलले पनि आफु रोएर दर्शकहरुलाई हँसाउन तयार रहेका छन्। साथमा स्थानीय गायीका प्रजीता गेलाल एड्डीलेडबाट आफ्नो मिठो स्वरले दर्शकलाई नचाउँन अनि झुमाउन मेल्बोर्न आईसकेकी छिन्।

बिग बेली रेस्टुरेन्टको मुख्य प्रायोजन रहेको मेल्बोर्नमा भद्रगोल मेल्बोर्नको कोबर्ग टाउन हलमा हुँदैछ। आरकेएसले अस्ट्रेलीया टुर गराएको भद्रगोल नेप्ले ईभेन्ट्सले होम दवाडीसँग ईभेन्ट साझेदारीमा आयोजना गर्न लागेको हो। २६ जुन आइतबारका दिन साँझ ५:०० बजे सुरु हुने यो कार्यक्रम बिशुद्द मनोरन्जनात्मक कार्यक्रम रहने छ। ६० बर्ष भन्दा माथिका बा आमा र १० बर्ष मुनीका साना भाई वहिनीहरुको लागि निशुल्क प्रबेशको व्यबस्था मिलाईएको छ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349