eNepal

प्रबासमा सेलीब्रेटीवाला फ्लेभर

आजकाल यो शहरको भिडमा म छिरे भने लाग्छ सबै सेलीब्रेटी हुन्। जसको थुतुनो हेरे भने पनि ठ्याक्कै कता कता सेलीब्रेटीवाला फिल आउँछ। फिल आउँछ हैन तिनीहरुको आनीबानी ढाँचाले नै देखाउँछ की उ त यो समाजको सेलीब्रेटी हो। 

अवको जमाना देखाउने जमाना भयो। मायाँ गरेको देखाउने, खाएको देखाउने, हिडेको देखाउने, कता गएको देखाउने, समाजको सेवा गरेको देखाउने, सहयोग गरेको देखाउने। 

लौ न बुढा भोक लाग्यो खाउँन भन्यो पख न बुढी पहिला फोटो फेशबुकमा हालौ न। वहाँ मान्छेले हामीले के खायो त हेर्न थालेका छन्। नाप्यौ तिमीले सेलीब्रेटी भएर चाँही। सेलीब्रेटी फ्लेबर।

सुन्नुहोस् न लियोनका बा, आझ त कतै घुम्न जान पर्छ। म त काम, घर गर्दा गर्दा वाक्क दिक्क भए यसो सप्तान्त पनि छ घुम्न जानु पर्छ। अबुई झन् आज त तीन ठाउँको कार्यक्रममा जान पर्ने छ। बोरु म आउन त राती हुन्छ होला। बिहान एउटा खेलको कार्यक्रम, दिउँसो एउटा समाजको बार्बेक्यु अनि साँझ अरु स्टेटका साथीभाईसँग मिटीङ छ। सम्मेलन आँदैछ। भोली मलाई भोट चाहिदैन। अहिले देखी यसो बाटो फराकिलो बनाईयो भने पो बाजी आफ्नो पोल्टामा आउँछ।

बुढीलाई पनि लास्टै रिस् उठ्यो हैन तिमीले दुनीयाँ ठाउँमा नाचेर लाउन चाँही के लछारपाटो लायौ हँ। नौ पाँच नगरी मुखमा माड लागेको छैन। कत्ति न भुईमा न भाँडामा भाछौ। खुवै सेलीब्रेटी टोपलीएका छौ।कति दिन नाच्छौ हेरौला।

दाई व्यबसाय गर्नु पर्यो। यसो लगानी गरौ कि भनेर सोच आयो।कसरी बजारमा आफुलाई चिनाउने होला। भर्खर डार्वीनबाट झरियो। कसैले चिन्दैन। सजिलो सबैले चिनेने उपाए बताई दिए एउटा प्यानलमा छिर्नु होस्। बिस्तारै समाज छ कि छैन बुझ्नुहोस्। जिल्लाको नामबाट खोली सकेका छन् भने पहाड घर यो, उता हुँदा यो स्ट्रीटमा बसेका समाज, नत्र भने तपाईकै थरबाट एउटा समाज गठन गर्दिनु होस्। चिनेजानेका बिस पच्चिस जना त कसो नहोलान्। बोलाएर पार्कमा कार्यक्रम गर्दिनु होस्। साँझ दुई तिन पानाको कथा लेखेर फेसबुके सेलीब्रेटीलाई ट्याग गर्दिनु होस्। तपाई रातारात सेलीब्रेटी। फेसबुके नेता देखी अभिनेता सम्मको फ्रेन्ड रिक्वेस्ट आउँछ। सकिएन त कुरो।

एउटा सामाजिक कार्यक्रममा सहभागी हुन अध्यक्षलाई बोलाईयो।अध्यक्ष जस्तो मान्छे बेलैमा आई पुगे। नेपाली कार्यक्रम हो भनेको समयमा अरु कोही पनि आई पुगेनन्। कार्यक्रम ढिला शुरु भयो। कार्यक्रम शुरु हुँदै गर्दा अध्यक्षलाई मनतव्यको लागि बोलाईयो। तर अध्यक्ष कतै देखिएनन्। एकछिनमा फेशबुक हेरेको बुढाले कार्यक्रममा उपस्थिती भएको सेल्फी हालेर सुईकुच्चा ठोकेछन्। तर कार्यक्रम भने तिनै अध्यक्षलाई सम्मान गरिने रहेछ। 

एउटा कार्यक्रम गर्यो। आफ्ना चिनेका चालीस पचास जना बोलाई। ईभेन्ट अर्गनाईसरको बिल्ला भिर्यो। आई हाल्यो सेलीब्रेटी फ्लेबर।

कोही बिरामीको फोटो राख्यो। सहयोगको लागि अपील गर्यो। गो फण्ड एकाउण्ट खोल्दियो। फेसबुकमा सहयोगको अपील गर्यो। त्यतै सेलीब्रेटी।

कसैको जन्मदिनमा फलानोलाई बोलाईएन। अरे म त बजारमा जमेको मान्छे। जे लेख्दालि बबाल भन्थे। लाईकको बर्सात आउथ्यो। आज त मलाई बोलाएनन्। होईन मलाई बिर्से की क्या म सेलीब्रेटी हो भनेर।

टिकटके सेलीब्रेटीको अर्कै काण्ड छ। दुईचारवटा गीतमा नक्कल पार्यो, मुख बिगार्यो। दुईचार हजार काम नपाएका बेरोजगारीले फलो गर्छन्। सम्झन्छन् आफुलाऊ सेलीब्रेटी। सोच्छन् बजार मेरै पछि लागेको छ। 

अस्ट्रेलीया आउँदाको शुरुवाती दिनमा मर्या स्यालझै लुरुक्क पर्ने। लौ न सहयोग गर्दिनु न। बस्ने देखि काम यसरी पाईन्छ। के गर्दा राम्रो हुन्छ। सबै बेलीबिस्तार लगाएर सम्झाएका भाई बहिनीहरु आज काम अलिकति के राम्रो गर्न थाल्छन्। डलर कमाउन के थाल्छन्। आफैले आफैलाई सेलीब्रेटी ठान्छन्। पछि बोल्न नि गार्हो मान्छन्। बोल्दा नि पैसा लाग्ने व्यहोरा दिखाउँछन्। 

बिदेश आए पछि तपाई पनि सेलीब्रेटी मै पनि सेलीब्रेटी। न नेतागिरी गर्नेलाई रोक छ, न समाजसेवी बन्नलाई। न मोडेल बन्न कसैले रोक्छ। नमस्कार खान थाले पछि सबै सेलीब्रेटी। अलिकती डलर कमाए पछि जो कोही सेलीब्रेटी। लाटो देशमा गाँड भएका सबै सेलीब्रेटी। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349