eNepal

विदेशी नागरिकता लिएका नेपालीलाई ३० अप्रील सम्म नेपाल प्रवेशमा कडाई

कोराना भाइरसबाट हुन सक्ने सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले बिदेशको  नागरिकता लिएका नेपालीले नेपाल जानलाई केही समयको लागि रोक लगाएको छ जसबाट नेपाल जान तयारी अवस्थामा रहेका गैर आवासिय नेपालीहरु प्रभावित हुने भएको छन् ।

अति जरुरी अवस्थामा बाहेक भर्सक आवत जावत नगर्न र जानै पर्ने अबस्था आएमा नजिकको नेपाली दुतावासवाट भिसाको साथमा स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्ने र १४ दिन स्व कोरान्टाइनमा बस्नु पर्ने जनाईको छ।साथै एनआरएनए कार्ड देखाएर नेपाल प्रवेश गर्न तत्काललाई स्थगीत गरिएको छ ।

यो नियम तत्कालका लागि अप्रिल २० सम्मका लागि लागु गरिएको र भिसा लिईसकेकाहरुको हकमा भने सात दिन भित्र मलाई कोरोना भाइरस छैन भन्ने प्रमाणपत्र देखाउनु पर्ने छ ।

हवाईमार्गवाट नेपाल प्रवेश गर्ने सवै विदेशीले १४ दिन स्व कोरान्टाइनमा र नेपालीले होम कोरान्टाइनमा वस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहंदा उच्च सतर्कता र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

सरकारले नेपालीलाई विदेशजान पनि हतोत्साहित गरेको छ । श्रम स्विकृत नदिने, विद्यार्थीलई नो आब्जेक्सन लेटर नदिने लगायतका निर्णय सरकारले गरेको छ भने हिमाल आरोहणपनि स्थगित गरिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349