मिलनका तृस्णाहरु सबै सबै शीत भए
तिम्रो खुसी, अनि दुरी सबै तिम्रा जीत भए
सँगै बाँच्ने सँगै मर्ने तिम्रा ति बाचा
एक्लै पारी आज भन्छौ ती सबै अतित भए
तिम्रो खुसी, अनि दुरी सबै तिम्रा जीत भए
सम्झनाका धारले घोच्छन किन छाती भरी
मेरो रुवाई तिम्रो हाँसो गीत अनि सङ्गीत भए
तिम्रो खुसी, अनि दुरी सबै तिम्रा जीत भए
मिलनका तृस्णाहरु सबै सबै शीत भए
रोशन बाँस्तोला