ओस्कार विजेता चर्चित हलिउड अभिनेता टम ह्याक्स र रीटा विल्सनलाई कोरना भाइरसको संक्रमण देखा परेको छ।हाल उनीहरु अस्ट्रेलियामा रहेका र उनीहरूमा कोरना भाइरसको परीक्षण गर्दा ‘पोजेटिभ’ पाइएको हो। यसको जानकारी उनले इन्स्टाग्रामबाट दिएका थिए। ह्याक्सले आफू र आफ्नी पत्नीलाई चिसो लाग्दा हुने थकान र शारिरिक पीडा भए पछि संसारमा देखिएको कोरना भाइरसलाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस परीक्षण ‘पोजेटिभ’ भेटिएको उनले आफ्नो इन्स्टाग्राम मा लेखेका छन्।
आफू र पत्नीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएका अभिनेता ह्याक्सले चिकित्सकहरूले निर्धारण गरेको नियममा बस्ने बताएका छन्। ह्याक्स र उनकी पत्नी दुबैको ६३ वर्षका हुन्। दुई पटक ओस्कार अवार्ड हात पारेका ह्याक्स पत्नीसँग गएको २७जनवरीमा अस्ट्रेलियाको गोल्डकोस्ट आएका थिए।
अस्ट्रेलियाबाट प्रकाशित हुने डेलीटेलिग्राफले ह्याक्स दम्पती अस्ट्रेलियामा पहिलो पटक कोरोनाभाइरस भएको पुष्टि भएका एक चिनियाँ बसेको पेपर्स ब्रोडबिचमा नै बसेको आशंका गरिएको जनाएको छ।तर होटल एक्कोर ग्रुपले भने ती संक्रमित चिनियाँ सो भवनमा नभइ ओराकल भवनमा बसेको दाबी गरेको छ।४४ वर्षीय ती चिनियाँलाई जनवरी २९ मा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको थियो। उनी कोरोना भाइरसको सर्वाधिक प्रभावमा परेको वुहानबाट आफ्नो परिवारसहित त्यहाँ गएका थिए।
Source: Daily Mail