eNepal

डोटीबाट काठमाण्डौ हुँदै अन्तररास्ट्रिय अवार्ड हात पार्न सफल खेम धामीको प्रेरक कथा

डोटीमा जन्मिएका खेमले पक्कै सोचेका थिएनन् होला यति चाँडै अन्तरास्ट्रिय अवार्ड हात पार्छु भनेर। पढाईमा अव्वल खेमले आफ्नो स्कुले यात्रा डोटीबाट धनगढीहुँदै शुरुवात गरे पनि आफ्नो जिवनका महत्पुर्ण खुड्किलाहरु काठमाण्डौको भिडबाट पार गरे।

सधै केही नयाँ फरक सोच राख्ने खेमले प्लस टु नोबेल एकेडेमीबाट उत्रीणा गरे। त्यस पछि दुनियाँ बिज्ञान, व्यबस्थापन, आईटीको पछि दौडिएको समयमा उनले भने यी बिषय भन्दा केही फरक बिषय पढ्ने सोचका साथ होटल व्यबस्थापन पढ्नको लागि साल्जबर्ग युनिभर्सिटीबाट मान्यता प्राप्त काठ्माण्डौको डिल्लीबजारमा अवस्थित (आएसटी ) ईन्टर्नेश्नल स्कुल अफ होटल म्यानेजमेन्टबाट आफ्नो स्नातक तहको पढाई शुरुवात गरे। प्राय सबै शिक्षकका लोकप्रीय खेमले स्कुलमा हुने व्यबहारिक तालीममा सधै आफुलाई उत्कृष्ठ सावित गराउन भर्पुर कोशिस गर्थे। पढ्ने क्रममै केही गरौ, आफ्नो लागि खर्च उठाउँ भन्दै (जिटुएन) गोईङ टु नेपाल भन्ने सँस्थामा आबद्द भएर मार्केटीकङको काम गरे। कहिले काँही पाँच तारे होटेलमा वेट्रीङको काम गर्थे र आफुलाई खर्च जुटाउँथे।

पढाईकै शिलशिलामा ईन्टर्नसिप गर्न मलेसिया जाने अबसर पाएका खेमले ईन्टर्नशिपको दौरान जीवनलाई अझ राम्रोसँग बुझ्ने मौका पाए। 

सधै केही फरक कामहरु गर्न हौसिने खेममा मलेसीयामा इन्टर्नशिप गर्दा गर्दै त्यहाँका धेरै होटेल व्यबसायसँग आबद्द व्यक्तिहरुलाई चिन्ने अनि उनीहरुको शिप र दक्षता बारे जान्ने मौका पाए। आफै ईन्टर्नशिपमा आएका खेमले त्यहि बेला मलेसीयाका हस्पिटीलिटी बिधासँग आबद्द व्यक्तित्वहरुसँग राम्रो सम्बन्ध बनाउन सफल भए। 

एक बर्षको ईन्टर्नशिप सकेर नेपाल आएका खेमले आफैले मेलिसियाका केही होटलहरुसँगको सहकार्यमा बिधार्थीहरुलाई ईन्टर्नशिप पठाउन शुरु गरे।

ईन्टन्शिप पठाउँदा पठाउँदै उनमा केही नयाँ गर्ने सोचलाई व्यबहारमा उतार्न शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहित स्पाको सन्चालन गर्न अग्रसर भए। सन् २००८ मा स्थापना गरेका ट्रान्क्विलिटी स्पाले छोटो समयमा नै उलेख्य प्रगती गर्दै गयो। नेपालका र्‍याडिसन, सोल्टी, शंकर, साङ्ग्रिलालगायतका विभिन्न होटलमा सेवा दिँदै आएको यस स्पाले सन् २०१५ देखी मलेसीयाको म्यारियोट पुत्राजाया फाईभ स्टार होटलमा पनि सेवा दिदै आई रहेको छ।

गएको पाँच बर्ष देखि मलेसियामा समेत आफ्नो सेवा प्रदान गर्दै आएको नेपाली ब्राण्डको यस स्पाले सबैको मन जित्न सफल भएको छ। यहि कार्यलाई सम्मान गर्दै 

एसियाली देशका होटललगायतका सेवा क्षेत्रहरूका उत्कृष्ट संस्थालाई मलेसिया सरकारले प्रदान गर्ने अन्तररास्ट्रिय अवार्ड सन् २०२० का लागि एसोसिएसन अफ मलेसियन स्पाको सिफारिशमा मलेसियाको पर्यटन बोर्डले ट्रानक्वालिटी स्पालाई प्रदान गरेको छ। 

नेपालमा लगभग १५ वटा शाखा रहेका यस स्पाले मलेसियामा पनि २ बर्षमै आफ्नो अर्को अर्को शाखा पुत्राजायामै अवस्थित पाल्म गार्डेन नामक फोर स्टार होटलमा समेत सेवा बिस्तार गरिसकेको छ ।

मलेसीयाको सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मलेसीयाको पर्यटन क्षेत्रको मापदण्ड पुरा गरेको आधारमा ट्रान्क्वालिटी स्पालाई पाँच स्टार दिदै सरकारी स्तरबाट मान्यता प्राप्त अधिकार दिएको छ जुन नेपालको कुनै पनि ब्राण्डलाई दिएको पहिलो अवार्ड हो।

हाल ट्रानक्वालिटी स्पाका निर्देशकका रुपमा रहेका खेम धामी भन्छन् यस अवार्डले मनोबल झन् बढेको र यस अवार्ड हात परेसँगै नेपालको समग्र पर्यटन क्षेत्रलाई नै उत्साहीत बनाएको साथै नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याएको बताए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349