eNepal

कोरोना भाइरसका कारण अस्ट्रेलियामा एकको मृत्यु !!

एजेन्सि, कोरोना भाइरसका कारण विश्वभर बिभिन्न देशमा मानिसको ज्यान जाने र संक्रमण बढ्ने क्रम जारी छ ।अस्ट्रेलियामा पनि कोरोना भाइरसका कारण १ जनाको ज्यान गाएको छ।जापानमा क्वारेन्टाइनमा राखिएको ‘डायमण्ड प्रिन्सेस’ पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।

काेराेनाबाट ज्यान गुमाएका ती पुरुषकाे परिचय भने खुलइएकाे छैन । ती पुरुषकाे पर्थमा रहेकाे सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे अधिकारीहरुले बताएका छन् ।

ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएकाे थियाे । क्वारेन्टाइन क्याम्पबाट आइसाेलेशनमा पुर्‍याइएपछि उनकी पत्नीमा पनि काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे । मृतककी पत्नीकाे अहिले आइसाेलेशनमा उपचार भइरहेकाे छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal