eNepal

मिस नेपाल २०२० को आवेदन खुला, कहाँ कहाँ हुँदैछ अडिसन ?

मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो ।

मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आधिकारिक वेबसाइट मिसनेपाल डटकम डटएनपी मा गएर आवेदन दर्ता गर्न सक्नेछन् । मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने छ । आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ । २०२० की मिस नेपालले २ लाख ५० हजार पाउनेछिन् ।

नेपालभरमा ९ शहरबाट मिस नेपालको अडिसन हुने भएको छ । अडिसन काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड र धरानमा हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मोफसलमा मिस नेपालको सहभागिता जनाएका र मापदण्ड पुगेकालाई काठमाडौं बोलाइनेछ । मिस नेपालमा १९ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349