eNepal

अब बन्ने भयो अस्ट्रलीयाको मेल्बोर्नमा पहिलो नेपाली सामुदायीक भवन, भिक्टोरीया कालागि अवैतानीक महाबाणीज्य दुत चन्द्र योन्जनबाट $५०००० दिने घोषणा

image

कम्युनिटी सेन्टरको जग हाल्ने कामको सुरुवात शुक्रबार साँझ मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजना गरिएको गाला डिनरबाट भएको छ।भिक्टोरीयामा बसोवास गर्ने तमाम नेपालीको लागि बनाउन लागिएको नेपाली सामुदायीक भवनको निर्माणलाई लक्ष्क्षित गरेर आयोजना गरिएको रात्री भोजमा समुदायका बिशीष्ट व्यक्तीहरु, व्यापार व्यबसायमा संलग्न व्यक्तीहरु, बिभीन्न सँघ सँस्थासँग आबद्द महानुभावहरु अनि लब्ध प्रतिक्षित व्यक्तीहरुको उपस्थितीमा सम्पन्न भएको छ।

अस्ट्रलीया नेपाल मल्टीकल्चरल सेन्टर, नेप्लीज एसोसियसन अफ भिक्टोरीया, एनअारएन(भिक्टोरीया)को सम्युक्त पहलमा बिभीन्न सँघ सँस्था र समाजका अगुवाहरुको सहयोगमा यो सेन्टरको निर्माण गर्न लागिएको हो।

image

हिजो भएको कार्यक्रममा अस्ट्रलीया नेपाल मल्टीकल्चरल सेन्टरका अध्यक्ष एबम् न्याभका निबर्तमान अध्यक्ष रन्जन बैधले यो सेन्टरको निर्माणको ढाँचा र लागत खर्चको बारेमा बृस्तित जानकारी दिनु भएको थियो।यो नै अस्ट्रेलीयामा नेपालीहरुको पहिलो सामुदायीक भवन हुने कुरा बताउनु भएको थियो।यसको लागि सबैबाट सहयोगको अपेक्षा राख्नु भएको थियो।मुख्यत: आर्थीक सङ्कलन गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा स्थानीय कलाकारहरुबाट साँस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। रकम सङ्कलनको लागि नेपाली कलात्मक बस्तुहरुको अक्सनपनि गरिएको थियो।

image

कार्यक्रममा बोल्दै भिक्टोरीयाका अबैतानीक महाबाणीज्य दुत एवम् रोयल गोर्खाज ईन्टीच्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक चन्द्र योन्जनले भिक्टोरीयाको मेल्बोर्नमा बनाउन लागिएको समुदायीक भवन प्रति आफु ज्यादैनै खुसी र उत्साहीत भएको र यस्ता कामको लागि आफु सधै कटिबद्द भएर लाग्ने बताउँदै आफ्नो तर्फबार $५०००० रकम दिने घोषणा गर्नु भयो। यसको अलाबा निकट भबिष्यमा अझै सहयोग गरेर यसको आयोजना निर्धारीत समय भन्दा छिटो सकियोस् र भिक्टोरियन बासीले नेपाली कम्युनीटि सेन्टर छिटो पाउन् भन्ने आशा ब्यक्त गर्नु भएको थियो।यस्तो कामहरुअरु स्टेटमा होउन् र यसले अब आउने पिडीलाई नेपालीको पहिचान दिनमा ठुलो सहयोग गर्ने कुरा व्यक्त गर्नु भएको थियो।न्याभका बर्तमान अध्यक्ष डा: अनुपम पोखरेलले भिक्टोरीयामा सामुदायीक भवन बनाउने धेरै पहिला देखीको सपना अब साकार हुन आँटेको कुरा बताउँदै न्याभले यस कार्यको लागि हातमालो गरेर अघि बड्ने बताउनु भयो।एनआरएन अष्ट्रेलियाका महासचिव तोनु घोतानेले नेपालीहरुको गौरव अनि प्रतिस्ठाको बिषय सामूदायिक केन्द्र निर्माणका लागि एकताबद्ध हुन सबै भिक्टोरियावासीलाई आह्वान गर्नुभयो।एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले आउँदो बर्ष आफु आएको १८ बर्ष पुग्ने र धेरै बर्ष पछि आफ्नो सपना साकार हुन आँटेको बताउन भयो।नेपाली सामूदायिक केन्द्र निर्माण समितिका सल्लाहकार जोग लिम्बुले पहिलो चोटी सामाजिक कार्यको लागि रकम सङ्कलन गरिएको कार्यक्रमले आफमा उत्साह बडेको बताउनु भयो। त्यस्तै गरेर बुद्द ट्राभल एन्ड टुर्सका प्रबन्धक एबम् बाटो मुनीको फुल २का प्रोडुसर एबम् अभिनेता भिम न्यौपानेने सो चलचीत्र च्यारीटि शोका लागि निशुल्क दिने र च्यारीटी शोबाट सङ्कलीत रकम समुदायीक भवनको निर्माणको लागि दिने घोषणा गर्नु भयो।हिजो भएको कार्यक्रमबाट मात्रै$१००००० रकम सङ्कलन भएको थियो।

यसले के देखाउँछ भने समाजको भलो र हकहितकोलागि हामी सबै मिलेर अघाडी बढ्यौ भने कुनै पनि काम गर्न कठिनाई हुँदैन। भिक्टोरीया समुदाय यस्तो सामाजिक कार्यक्रममा सँधै अब्बल रहेको कुरा पनि यस शुभकार्यमा देखाउनु भएको एेकेबद्दताबाट प्रस्ट हुन्छ।कसैलाई चोट पर्दा मलम लाउने काम पहिलादेखी नै रहेको थियो।यसको निरन्तरता मात्र हो यो सामुदायीक भवन।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal