eNepal

यस्तो शहर जहाँ कुकुरलाई बनाइयो मेयर!!

 

जनप्रतिनिधि बन्नका लागि टिकट लिने बेलादेखिनै हामीकहाँ तँछाडमछाड हुन्छ । चुनाव जित्नका लागि त्यस्तै हतकण्डा अपनाइन्छ । अमेरिकाको जर्जटाउन सहरमा भने एक कुकुरलाई मेयर बनाइएको छ । उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो ।

जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको हो । गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो ।

मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन् । सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । सपथ सँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो । समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । (एजेन्सी)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349