eNepal
Australia Entertainment Events

सिड्नीमा पहिलोपटक बहुरास्ट्रिय सांगीतिक कार्यक्रम हुदै !!

सागर भुर्तेल, सिड्नी
एस के इभेन्ट्स एण्ड इन्टरटेनमेन्टको आयोजनामा अस्ट्रेलियामा नै पहिलो पटक नेपाल, भारत पाकिस्तान र बंगलादेशी सहभागी हुनेगरी भब्य सांगीतिक कार्यक्रम हुने भएको छ। संगीतले संसारलाइ जोड्छ(music binds the world) भन्ने उद्देश्यका साथ् माराना हल हर्स्टभिल मनोरञ्जन केन्द्र , म्याक्मोहन स्ट्रीट हर्स्टभिलमा आउदो एप्रिल ३ शुक्रबार साझ ६ बजे देखि भब्य सांगीतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रममा झलकमान गन्धर्बको झल्को दिने भारतीय गायक अर्को मुखर्जी साङ्गतिक प्रस्तुतदिन अस्ट्रेलिया आउने भएका छन् । भारतीय गायक अर्को मुखर्जी आफूलाई ‘शहरिया लोकगायक’ भन्न रुचाउँछन्। कलकत्ता निवासी उनी पछिल्लो समयमा नेपाली स्रोतामाझ लोकप्रिय छन्। आन्ध्र प्रदेशमा भएको ‘ओरेन्ज फेस्टिभल’मा उनले गाएको ‘रेशम फिरिरी’ निकै चर्चित बन्यो। त्यसपछि उनले गाएका झलकमान गन्धर्वका गीतहरूले पनि नेपाली स्रोताको मन जितिरहेका छन्। ‘तिम्रो नै माया लाग्दछ साइँली’ देखि ‘अल्लारे नानी केसी’ दुवै गीत पुनः एक पटक चर्चामा आए, मुखर्जीकै कारण। उनी विभिन्न देशका भाषामा लोकगीत गाउँदै संसारभरि घुम्छन्, लोकगीत संकलन गर्दै त्यसको पृष्ठभूमि खोतलन्छन्। उनले नेपाली, स्पेनी, पोर्चुगालीलगायत २०-२१ भाषामा गीत गाएका छन्।

कार्यक्रममा सिड्नीमा बस्ने नेपाली, भारतीय, पाकिस्तानी र बंगलादेशी सबै सहभागी हुने एस के इभेन्ट्सका सम्राट किरणले इनेपालालाई जानकारी दिए। कार्यक्रममा चारवटै देशका स्थानिय कलाकारको समेत बेजोड प्रस्तुति रहने किरणले बताएका छन्।

Related posts

भिक्टोरीयामा आउने मंगलबारदेखी बिधालयहरु बन्द हुँदै

enepal

नायिका ऋचा शर्माद्वारा सुनकेसरीको सिक्वेल बनाउने घोषणा

enepal

नेप्लिज विजनेस एसोसियसन अफ भिक्टोरीयाले बिधार्थीहरुलाई खाना उपलब्ध गराउँदै

enepal