मलाई जहाँ सम्म हेक्का रहे सम्म हामी भिक्टोरीयामा करिब १०००० नेपाली बसोबास गर्छौ होला, सबै अस्थाई र स्थाई गरेर। नेपाली समाज यसरी बढिरहेको छ तपाई कुनै न कुनै कुनामा जानु भयो या ट्रेन चड्नु भयो नेपाली बोलेको आवाज तपाईको कानमा ठोक्कीन्छ नै। अनि फर्केर हेर्नु हुन्छ। बोल्ने नबोल्ने छुट्टै कुरो भयो। यसको अर्थ यो हो कि नेपालीहरूको समुदाय बाक्लो नै भइसक्यो। अझ थाहा छैन यहाँको हावापानीले हो या, साथीभाई यहि बसोबास गर्ने भएर हो या व्यापारको लागि उद्गम स्थल हो अरु स्टेटबाट नेपालीहरु आउने क्रम पनि बड्दो रुपमा पाईएको छ। यसले के देखाउँछ भने कतै मेल्बोर्न कम्यनीटी प्रती मानिसहरुको झुकाव अलीक बडि रहेको त हैन।
सधै भन्छौ समाजले हामीलाई के दियो र समाजको पछि लाग्ने।तर कहिल्यै सोचेनौ कि हामीले चाँही समाजलाई के दियौं।
एउटै समुदाएमा बसिसके पछि समाज प्रति आफुले निभाउने दायीत्योले पनि महत्व राख्छ।हामी बिदेश आएका छौ दुख सुख बाँड्ने भनेको हाम्रै समाजसँग हो। सधै भन्छौ समाजले हामीलाई के दियो र समाजको पछि लाग्ने।तर कहिल्यै सोचेनौ कि हामीले चाँही समाजलाई के दियौं। समाज भनेको कोही ब्यक्ती बिशेषले बनाएर बन्दैन पनि यसको लागि सबैको हातेमालो हुन जरुरी छ।
बिहान छोरीलाई लिएर पार्क जाने बेलामा एकजना बुवासँग भेट भाको थियो। अनि प्रस्न गर्नु भयो।बाबु तपाईहरु यत्तिका हुनु हुन्छ।किन एउटा नेपालीहरुको मन्दीर नबनाउनु भएको कि तपाईहरुले धर्म परिबर्तन गर्नु भएको। मैले भने छन् नि बुवा त्यतीका मन्दीर छन्।आखिरी भगवान सबै एउटै त हुन नी। बुवाले जवाफ दिनु भयो भगवान एउटै हुन् तर के हामी त्यो मन्दीरमा गएर तीजमा धित् मरुन्जेल नाँच्न पाउँछौ। के त्यो मन्दीरमा हामी पाका बा आमा बालन भजन गरेर रमाईलो गर्न पाउँछम्।के हाम्रा नातीनातीनीलाई नेपालको कला सँस्कृती झुल्कने खालको कनै बस्तु देखाउन अनि चिनाउन पाउँछौ। यहि ताल हो भने त यी नाती नातीनाहरुले देशको नाम पनि याद गर्न गार्हो छ। भाषा, कला सँस्कृती त परको कुरा।
अनि मैले बुवालाई सम्झाएँ हो वुवा तपाईले भन्नु भएको सोर्है आना ठिक हो। यी सबै कुरालाई मनन गरेर नै अव छिट्टै हामी हाम्रो नेपाली कम्युनीटि सेन्टर बनाउँदै छौ।
के हो नेपाली कम्युनीटि सेन्टर?
कम्युनिटी सेन्टर समुदाएको छाता हो जहाँ जो कोही नेपालीले ओत लाग्न पाउँछ, आफ्नो कला, भाषा, सँस्कृती, मौलीकता अनि नेपाली हुनुको पहिचानलाई नजिकबाट आत्मसाथ गर्न पाउँछ, हेर्न पाउँछ अनि अरुलाई चिनाउन पाउँछ। यो एउटा साझा थलो हुनेछ जहाँ नेपाली मनको गन्धको आभास हुनेछ जहाँ नेपाली समुदायको प्रतिनीधित्व हुने शैक्षीक, सामाजिक अनि मनोरन्जनात्मक कार्यक्रमहरु हुनेछ।नेपालीले नेपालीहरुलाई झन नजिकबाट चिनिने ठाउँ हुनेछ, परस्पर सम्बन्ध झन् प्रघाड रहनेछ।नेपालीहरुको बढि मात्रामा मेलमीलाप हुनेछ।
बिदेसी सँस्कृती र सभ्यतालाई आत्मसाथ गर्दै जाँदा भोली हाम्रा छोरा छोरीले कतै आफ्नो पहिचान त बिर्सने होइनन्, यो बिषयमा सोच्न एकदम जरूरी रहेको थियो
यस्को आव्स्यकता किन?
भिक्टोरीयामा नेपाली समुदाएको सङ्ख्या बड्दै जाँदा एउटा सबै नेपाली जात जाति, धर्म कला सँस्कृतीको अस्तीत्व भावी पिडीलाई चिनाउन एकदम अनिबार्य रहेको छ। बिदेसी सँस्कृती र सभ्यतालाई आत्मसाथ गर्दै जाँदा भोली हाम्रा छोरा छोरीले कतै आफ्नो पहिचान त बिर्सने होइनन्, यो बिषयमा सोच्न एकदम जरूरी रहेको थियो। यसैलाई मध्यनजर गरेर एउटा नेपाली कम्युनीटी सेन्टर बनाउन अति आबश्यक रहेको थियो र यसैका लागि समाजका अगुवा या भनौ लव्ध प्रतीस्ठीत व्यक्तिहरुको सहकार्यमा अव चाँडैनै नेपाली कम्युनीटी सेन्टरको निर्माण हुँदैछ। यसैको लागि भनेर केही आर्थीक सहयोग र रकम सङ्कलनको लागि २४ जुन शुक्रबारको दिन गाला डिनरको कार्यक्रम आयोजना हुन गईरहेको छ जसमा मेल्बोर्नमा रहेका व्यापार व्यबसायहरुबाट आफ्नो सहयोग जारिरहेको छ। यदि कोही कसैलाई यस्तो पुन्य काममा केही सहयोग गर्न मन भएमा उपस्थित हुन सक्नु हुनेछ।नेपालीको पहिचान अनि छात्ती फुलाएर गर्व साथ हाम्रो कम्युनिटी सेन्टर भन्ने दिन अव चाँडैनै भिक्टोरीया बासीहरुको पुरा हुनेछ। नेपाली कम्युनीटि सेन्टर आयोजकलाई अग्रीम शुभकामना। आशा छ सबै भिक्टोरीयामा रहनु भएका नेपालीहरुले बडो हर्षोलासका साथ सहयोग गर्नु हुनेछ यसमा कुनै सङ्कोचनै छैन।
नेपालीहरुको एेक्यबध्द्ताका केही झलकहरु