eNepal

कम्रेड प्रचण्डलाई ज्ञापन पत्र

image

कम्रेड प्रचण्ड लालसलाम।
नोटः यो लेख खासमा कम्रेड प्रचण्ड अस्ट्रेलीया आउने हल्ला भए पछि लेखिएको हो तर कारणवश भ्रमण रद्द भएको जानकारी आएको छ।हुन त भेटेर दिने मन थियो के गर्ने जुरेन अव यहि मार्फत ज्ञापन पत्र बुझाउँदैछु
तपाई अस्ट्रेलीया आउने खवर पाए पछि किन किन त्यसै बस्न मननै लागेन। मनमा ज्वारभाटाहरु पड्कन थाले। मनमा प्रश्नहरु यति धेरै फुट्न थाले कि। १० बर्षे द्वन्द काल देखी राजतन्त्रको अन्त्य अनि गणतन्त्रको आगमन। तपाईको नेतृत्वको सरकार देखी कट्टवाल कान्ड अनि लोकतान्त्रीक सम्विधान सबै हामी नेपाली जनता चाहे नेपालका जनता हुन वा आप्रबासी नेपाली जनता सबैले राम्रोसँग हेरी रह्यौ। अब गएका कुरा कोट्याएर धेरै लामो पनि नबनाऔ।

द्वन्द कालको बेला तपाईहरुले गरेको अान्दोलन अनि सफाईका समाचार मजस्ता हजारौले हरेक रातको ८ बजेको समाचारमा हेर्थ्यौ। केवल कठैबरा भन्न बाहेक केही गर्न सकेनौ पनि। मलाई राम्रोसँग याद छ, एक घरबाट एक जना जानै पर्ने नियम थियो तपाईहरुको कतै मिटीङ बस्दै छ भने,होईन भने भौतीक कारवाही हुन्छ भनेर बिचरा डरले बुढा भएका मामाहरु गएको खुद मैले देखेको छु।राती सुत्दा बुटको आवाज आयो भने डरले मुटु कति काँप्थ्यो। सास दबाएर सुत्थ्यौ।

आन्दोलन भयो कति मरे कति अङ्गभङ्ग भए लेखाजोखा केही छैन। त्यसपछि आन्दोलनबाट कुनै निकास भएन,त्यस पछि चुनाबमा भाग लिनु भयो। सबैले स्वइच्छ्याले या भनौ डर र धम्कीले या भनौ सबैलाई हेरीयो अव माओवादीलाई हेरौ न त भनेर भोट दिए। त्यस चुनाबको नतिजाले माओबादीलाई एक नम्बरको पाट्टी बनाए नेपाली जनताले। त्यस पछि नेपालको प्रधानमन्त्री हुनु भयो। नेपाली जनताले ठुलो आश राखेका थिए।अव देश बन्छ।देशले काँचुली फेर्छ।बिकासका कार्यक्रमहरु जोडतोडका साथ आउँछन्। कोही नेपाली पनि अरुको देश गएर खुन र पसीना बगाउनु पर्दैन। देशको बिकास यस्तो रफ्तारमा जाला कि १० बर्षमा सिङ्गापुर, स्वीस्जरल्यान्ड सबै हाम्रो देशमा बन्ने भए भन्ने ठुलो आश थियो।

न त देश बन्यो न त जनताले सुख पाए। अभाब र भोकमरीले चरम सिमा नाघ्यो। कालाबजारी फस्टाएर ब्यापक भयो। मान्छे मार्ने, अपहरण गरेर फिरौती माग्ने, बलत्कार, गुन्डा पाल्ने केही रोकीएन बरु झन मौलाएर गयो। दिनदहाडै चेलीको अस्मीता लुटीदा सम्म केही गर्न सकेनौ। खुलेआम अपराधी छाती फुलाएर हिड्दा केही माँखो मार्न सक्नु भएन। पिडीत सधै पिडीत भईरहे। बलत्कारीलाई फाँसीको कानुन बनाउ भन्दा कानमा कपास हालेर बस्यौ जसले झन बलत्कारीको मनोबल बडाउने काम गर्यो।

स्विजरल्यान्ड त परको करा नजीकको विहार जति पनि बनाउन सकेनौ

मेरो प्रस्न छ तपाईलाई, अहिलेका दिन सम्म तपाईले देश र जनताको के चाँहि गर्नु भयो भाषण देखी बाहेक।यो कुरा तपाईलाई मात्र हैन सबै नेतालाई छ मेरो! ल भन्नुहोस मैले मेरो आँखा अगाडी काकाको भिवत्स हत्या भएको देखेको छु।काकी बिचरा अहिले पनि त्यो दिन सम्झेर डाको छोडेर भक्कानीदै रुन्छीन। काखे बालक बिचरालाई के र कसरी बाबाको मृत्यु भयो भन्न सकेका छैनौ। भोली पक्कै पनि बुझ्ने भए पछि प्रस्न गर्ने छ आमालाई। अनि आमाले के जवाफ दिने। त्यसको उत्तर छ तपाईसँग।

आज हामी बिदेश पलायन भयौ के कारण थाहा छ तपाईलाई। बस्न त परै जावस बाँच्न गार्हो थियो त्यो बेलामा।कति खेर सुईकिने पत्तो थिएन। कलम बोक्ने हातमा हतीयार थमाई दिनु भयो। अहिले कति तपाईका त्यो बेलाका सैन्यहरु घरको न घाटका भएर बसेका छन्।हामी युवा परदेसीयौ, कतिले त नेपालमा सबै सम्पती बेचेर यतै बसोबास गर्न थालेका छन्।

बरु तपाईहरुको प्रगती भएर पहरे बाट महले बन्नु भयो गरिबको घरमा गएर एक छाक खाने तपाईहरु पाँच तारेमा लन्च र डिनर खाने हुनु भयो। देश र जनता जहाँको त्यही भए बरु झन दर्दनाक स्थीतिको सामना गर्नु परि रहेको छ।

जनतालाई सधै भेडा मात्र ठान्नु भयो। मिठो भाषण गर्यो ताली पायो। गएर भोट हाली हाल्छन् भन्ने मात्र सोच्नु भयो तर थाहा छ कि छैन आज भन्दा दसबर्ष अगाडीका जस्ता सोझा नेपालीजनता पक्कै छैनन्। जनतामा चेतना आइसकेको छ। के ठिक के बेठीक छुट्याउने जनता भइसकेका छन् जसको उधाहरण गएको चुनाबलाई हेर्न पनि सकिन्छ। तपाई आफ्नो किल्ला मानिने रोल्पाबाट हार्नु पर्यो।यो के जनतामा चेत आएको मिठो उदाहरण हैन र।

खैर खाटो परेको घाउलाई जति कोट्यायो झन् दुख्छ। तपाईको अस्ट्रेलीया भ्रमणमा आएको खवर पाएर हत्तारोमा केही मनमा कुण्ठीत भावना पोख्ने मन गरे।तर अफ्सोच तपाईको भ्रमण रद्द भएछ। बरु घुम्नको लागि कतार, मलेसीया गएर त्यहाँका मजदुरसँग उनिहरुको स्थितीको बारेमा अन्तर्क्रिया गर्नु भएको भए अझ बेस हुन्थ्यो। यता आउनको साटो बोरु अफ्गानिस्तान गएर आत्मघाती हमलाको बारे बुझ्नु भएको कम्सेकम त पिडीतका परिवारले सहानुभुती महसुस गर्थे होलान्।तर उद्घाटन र सभा सम्मेलनमा मात्र जाने ती खुट्टाहरु यस्ता ठाउँमा जाँदा खुट्टा काँप्न पनि सक्थ्यो होला। हुन त बिदेश भ्रमण तपाईहरुलाई खासै नौलो नहोला। बिकर्सीत देशको बिकास भएको आँखाले देख्नु हुन्छ अनि जानुहुन्छ सब बिर्सनुहुन्छ। तर यो अस्ट्रेलीयाको भ्रमणले एउटा राम्रो पाठ सिकेर पक्कै जानु हुन्थ्यो होला। यहाँको राजनैतीक, सामाजिक, सँस्कृतीक पक्षहरुको सकरात्मक कुरा सिकेर जानु हुन्थ्यो होला।बिकास कसरि हुँदो रहेछ बुझेर जानु हुन्थ्योहोला। रेल, घरघरमा ग्याँस लाईन, हावाबाट बिजुली कसरि बन्दो रहेछ थाहा पाउनु हुने थियो होला। जनताले राजनैतीतिक पाटीलाई के का आधारमा समर्थन र असमर्थन गर्दा रहेछन् बुझ्नु हुन्थ्यो होला। जनताका ईच्छा आकेङ्क्षालाई नेताहरुले कसरि सम्बोधन गर्दा रहेछन् सिकेर जानु हुन्थ्यो होला ता कि यसलाई नेपालको दिगो बिकासमा रुपान्तरण गर्न सकियोस्। आफु र आफ्ना भन्दा देश र जनताको नारालाई अगाडी ल्याउनु होस। तपाईले बनाउन पर्दैन देश, देश आफै बन्छ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349