eNepal

यहि हो अस्ट्रेलीयाको वास्तविकता (True reality of our society)

मेरा दुई भाइ छोरा छन् । दुवैलाई इन्जिनियर बनाएँ । जेठो चाहिँ अस्ट्रेलिया आयो । अहिले मलाई घुम्न बोलाएको थियो, त्यसैले भिजिट भिसामा डेढ महिना अगाडी म यहाँ आएको हुँ मेरो कान्छो छोरा दुबईमा छ । नेपालमा अमेरिका, अस्ट्रेलिया भनेपछि धेरै कमाइ हुन्छ, सुख सयलको जिन्दगी हुन्छ भन्ने छ । तर मेरो अस्ट्रेलियामा भएको छोराले भन्दा दुबईमा भएको छोराले धेरै कमाउँछ । जेठो छोराले सधैँ ‘पैसा नै पुगेन बा’ भनिरहन्छ । कान्छो छोराले भने एक वर्षमा लाखौँ पैसा पठाइसक्यो । घरको सबै आर्थिक कारोबार उसैले गर्छ ।

कहिलेकाहीँ त जेठोले पैसा नभएको बहाना बनाएको हो कि भन्ने लाग्थ्यो । यहाँ आएपछि बुझेँ । साँच्चै दुःख रहेछ पैसा कमाउन । अझ यहाँ पढ्न भनेर आएका विद्यार्थीहरुमाथी त मलाई दया जागेर आयो । पढाइ, काम, सधैँ दौडधुप । नेपालमा रहेका परिवारले छोरा छोरी अस्ट्रेलिया पठाएको छु, पैसा पठाउँछन् भन्ने आशा नराखे हुँदो रहेछ । नेपालमा भने अस्ट्रेलियाको भिसा लाग्यो भन्नासाथ अब पैसा बर्सिन्छ भन्ने सोच्छन् । अस्ट्रेलियाको पीआर, यहाँको नागरिकताले गर्दा पनि मान्छेहरू दुखलाई दबाएर बस्छन् होला । तर मेरो जेठो छोरा भन्दा दुबईमा रहेको कान्छो छोरा खुसी छ जस्तो लाग्छ । उसले घरमा पैसा पठाएको छ, आफ्नो जीवनशैली पनि राम्रो छ ।

सम्मानका साथ काम गरिरहेको छ । फर्केर नेपाल आउँदाको दिनमा पनि ऊसँग नेपालको आफ्नो घर, आफूले बचत गरेको कमाइ, सम्पूर्ण परिवार र काम गर्नको लागि अरू अवसर पनि हुनेछन् । तर यहाँ त पीआर र नागरिकताको लागि दौडिदा दौ’डिदै मान्छेहरू बाँच्न नै बिर्सिदा रहेछन् । सबै आमा बुवालाई पैसा भन्दा बढी आफ्ना छोराछोरीको खुसीको चाहना हुन्छ । अस्ट्रेलिया, अमेरिका, जापानमा रहेर मात्र खुसी हुन सकिन्छ भन्ने सोच अब नेपाली आमाबुवा र छोराछोरीको दिमागबाट हट्नुपर्छ भन्ने लाग्यो । (अस्ट्रेलिया घुम्न आउनुभएका अभिभावकसँग गरिएको कुराकानीमा आधारित । गोपनीयताको लागि नाम परिवर्तन गरिएको छ)

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349