eNepal

अबुधावी बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुई नेपाली महिला

संयुक्त अरब इमिरेट्सको अबुधावीमा भएको बस दुर्घटनामा दुई जना नेपाली महिलाको ज्यान गएको छ । छ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा पाँचजना महिला भएको बुझिएको छ । जसमध्ये दुई नेपाली महिला भएको जानकारी प्राप्त भएको छ ।

गल्फ न्युजका अनुसार पाँच महिलामध्ये एक नेपाली र एक श्रीलंकाली महिला छन् । मर्नेमध्येका एक पुरुष पाकिस्तानी नागरिक हुन् र उनी बसका चालक पनि हुन् । अर्की महिला पनि नेपाली भएको बुझिएको छ । बाँकी दुईजना कुन देशका नागरिक हुन् स्पष्ट भएको छैन । घटनामा पाँच महिलासहित एक पुरुषको मृत्यु भएको थियो । पुरुष चालक पाकिस्तानी हुन् ।

तीनजना मृतक कुन देशका नागरिक हुन् भन्ने पहिचान भएको छैन । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले घाइते १६ जना नेपाली नागरिक भएको जानकारी दिएका छन् । दुर्घटनाग्रस्त बसमा १८ जना नेपाली रहेकामा १६ जना घाइते भएको पुष्टि भएको छ । बाँकी दुईजना मृतक नेपाली भएको बुझिएको छ । दुवैजना महिला हुन् । यसको औपचारिक पुष्टि हुन बाँकी छ ।

बिहिबार विहान स्थानीय समयअनुसार साँढे पाँच बजे अल राह रोडमा भएको घटनामा चालकदलका सदस्यसहित २४ जना चढेको बस ट्रकसँग ठोक्किदा दुर्घटनामा परेको थियो । एउटा ट्याक्सी अचानक रोकिएपछि दुईवटा लरी रोकिएका थिए । त्यसपछि पछाडि रहेको बस नरोकिंदा लरीसँग ठोक्किएको थियो ।

ट्रक रोकिएको र तिव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाको भिडियो दृश्य हेर्दा बस चालकको लापरबाही देखिन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349