माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा यसपटक पनि गोरु जुधाइयो। गोरु जुधाईमा स्थानीयदेखि आन्तरिक पर्यटकको भीड लागेको थियो। गोरु जुधाई हेर्न उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेदेखि कांग्रेस महामन्त्री शशांक कोइरालासम्म तारुका पुगेका थिए।
नुवाकोटको वेत्रावती, घलेभञ्ज्याङ्ग, सातविसे,शेराबगर र धादिङको खाल्टेमा पनि गोरु जुधाउने कार्यक्रम सम्पन्न भएको छ।