eNepal

१७ हजारको होइन, ५ हजारको जिम्मा लिन्छु : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका छन्।

थारू राष्ट्रिय माघी (माघ ) महोत्सवको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रममा उनले १७ हजारमध्ये १२ हजार तत्कालीन राजाले मारेको बताए।

‘मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ। यो सत्य होइन’, उनले भने, ‘सामन्ती राजाहरुले १२ हजार मारेका हुन्। ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर राजाहरुले, हिजोको राज्यले मारेको १२ हजारकोचाहिँ कुरा नहुने तर राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने न्याय हुँदैन।’ उनले आफूले युद्धको जिम्मा लिने बताए।

उनले केही समयपछि रेशम चौधरीलाई छुटाइने बताए। ‘रेशमलाई प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक भेट्ने म नै हुँ। डिल्लीबजारको खोरमा भेट्ने पनि म नै हो’, उनले भने, ‘सभामुख, पार्टी र सरकारलाई भनेर रेशमको सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे पनि म नै हुँ।’

उनले टीकापुरको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको बताए। केही साथीहरु छुटेका छन्। रेशम लगायतका केही छुट्न बाँकी छन्’, उनले भने, ‘छुटाइन्छ। हेर्नुहोला, केही समयभित्र यसको परिणाम निक्लिन्छ।’

उनले अहिले आफूहरु चौतारिमा सुस्ताइरहेको भए पनि आन्दोलन जारी रहेको बताए।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349