eNepal

अष्ट्रेलियामा मनाईयो अन्तर्राष्ट्रिय नेपाली दिवश

नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाएका छन्। घना नेपालीको बसोबास भएको सिड्नीको ओबन पार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ देशका साथै विश्वमानचित्रमा नेपालीलाई स्थापित गरेको बताए। सहभागीहरूले नेपालमा बढ्दै गएको ध्रुविकरण प्रति चिन्ता व्यक्त गर्दै जात, धर्म, राजनीतिक आस्था भन्दा पनि माथि उठेर नेपाली पहिचानमा गर्व गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।  

एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान कै कारण नेपाली पहिचान स्थापित भएको बताए। पोखरा समाजका सचिव समित केसीले पृथ्वीनारायण शाहलाई अहिलेको समय र राजनीतिक परिस्थितीको आधारमा हेर्न नहुने बताए। अग्रज समाजसेवी कंचन पोखरेलले आफ्ना बच्चाहरूले हामी नेपाली कसरी बनियो भनेर सोध्ने गरेको र बच्चाहरूको यसखालको सोधाईको जवाफ दिन पनि अभिभावकहरूले नेपालको ईतिहास र नेपाली राष्ट्रिय धरोहरका बारेमा जानकार रहनुपर्ने बताए। एनआरएन अष्ट्रेलियाका पूर्व प्रवक्ता तथा लेखा, वित्त तथा बैकिङ व्यवसायी डिला खरेलले नेपाली राष्ट्रियता र ईतिहासलाई विश्वभर छरिएका नेपालीहरूले गर्वका रूपमा लिएर दोश्रो पुस्तामा समेत हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। त्यसका लागी अन्तर्राष्ट्रिय नेपाली दिवश एउटा कडीका रूपमा स्थापित हुनुपर्ने उनले बताए।

अन्तराष्ट्रिय राजनीति, रणनीति र नेपालको अवस्थितीका कारण वर्तमानमा नयाँ न्यारेटिभ स्थापनाका लागी भएका चलखेलले हाम्रो आफ्नै ईतिहास र पहिचानमा शंका र प्रश्न उठ्ने, नेपाली जातिको ईतिहास र एकतालाई नै भताभुंग पार्ने अवस्था आईसकेको

अन्तर्राष्ट्रिय नेपाली दिवश आयोजक समितीका संयोजक मदनमणि अधिकारीले बताए। अधिकारीले भने, ‘देशको संगिन घडीमा विश्वभर छरिएका नेपालीहरू सचेत र एक हुनुपर्छ भन्ने सन्देशका साथ नेपाली आत्मगौरव र आत्मबोधको चेत खोल्न पनि पृथ्वीनारायण शाहको स्मरण जरूरी छ।‘

 

नेपालीपेजडटकमले आयोजना गरेको कार्यक्रममा अष्ट्रेलियामा क्रियाशिल बहुसंख्यक नेपाली सामुदायिक संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो। पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर सुरू भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलिया महिला संयोजक सन्ध्या शाह, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईं, समाजसेवीहरू दिनेश जोशी, प्रेम सापकोटा, बुद्दि डल्लाकोटी, पूर्णनाथ घिमिरे, डिल्ली ढकाल, दिनेश पोखरेल लगायतले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै विश्वभर फैलिएका नेपालीहरूले अन्तर्राष्ट्रिय नेपाली दिवश मार्फत नेपाली हुनुको आत्मबोध गर्नुपर्नेमा जोड दिएका थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349