eNepal

एकाउन्टीङका बिधार्थीहरुलाई खुसीको खबर,general accounting को ceiling value २५२५ बाट बडेर ४७७७ भयो

image

नेपाली बिधार्थीहरुको १२ कक्षा पछि बिदेश गएर पढ्ने सोच दिनानु दिन बड्दो छ। अमेरीका, अस्ट्रेलीया, युके बढि बिधार्थीहरु उच्च अध्ययन गर्न आउने देशहरुको उत्कृस्ट तीनमा पर्न आउँछ। यी देशहरु मध्य पनि अस्ट्रेलीया आउने बिधार्थीहरुको सङ्ख्या घट्दो छैन पक्कै बड्दो छ। नेपाली बिधार्थीहरुको गन्तव्य अहिले अस्ट्रेलीया हुने गरेको छ। यहाँको हावा पानी, बहुसाँस्कृती, बहुभाषी र साथी भाईहरुको सल्लाह, सुझाव र प्रतीक्रीयाले पनि हुन सक्छ,बिधार्थीहरु अस्ट्रलीया आउन भने पछि मरि मेट्ने गरेको पाईएको छ।
बिशेष गरेर नेपाली बिधार्थीहरु आउने बिषयहरुमा एकाउन्टीङ र ईन्फरमेसन टेक्नोलोजीनै मुख्य रहेको पाईएको छ। यदाकदा अरु बिषयहरु जस्तै ईन्जीनियरीङ, पव्लीक हेल्थ,हस्पीटालीटी जस्ता बिषयहरुमा पनि बिधार्थीहरु आउने गरेका छन्।
बिधार्थीहरु आउनुको मुख्य कारण पढाई सकिए पछि पिआर लिनु पनि केगी हद सम्म प्रमुख मानिन्छ। त्यही भएर आउँदा खेरी आफुले अध्ययन गरेको बिषय skilled occupational list मा छ या छैन बुझ्न एक दम जरुरी हुन्छ। त्यती धेरै पैसा लगानी गरेर skilled occupational list मा नभएको बिषयमा आएर पछि कलेज र बिषय परिबर्तन गर्न पर्ने झन्झटीलो काम र पैसा पनि अनाहकमा खर्च हुन जान्छ।
अस्ट्रेलीयन सरकारको ईमिग्रेसन बिभागले हरेक बर्ष आउँदो शैक्षीक सत्रको लागि कुन occupation मा कति कोटा दिने भनेर सम्बन्धीत बिषयका अाधिकारीक सँस्थाहरुसँग समन्वय गरेर अस्ट्रेलीयाको बजार हेरेर कति कोटा दिने भनेर निक्यौल गर्दछ। कहि बर्षदेखी बजारमा फैलीरहेको र बिधार्थीहरु पनि द्ववीधामा परेको एकाउन्टीङलाई SOL बाट हटाउने कुराले प्राय बिधार्थीहरुमा तनाबको स्थीति श्रृजना हुँदै आएको थियो।बिधार्थीहरु धर्मरमा थिए के गर्ने कसो गर्ने भनेर। तर गएको महिना एकाउन्टीङलाई नहटाउने समाचार ईमिग्रेसनबाट आएपछि केही भएपनि राहतको महसुस अस्ट्रेलीयामा एकाउन्टीङ बिसयमा अध्ययन गरेका बिधार्थी हुन या नेपालबाट एकाउन्टीङ बिषय पढ्न आउने बिधार्थीमा भएको थियो।

आज मात्रै आएको अर्को राम्रो समाचारले बिधार्थीमा खुसीको लहर केही हद सम्म छाएको छ।अस्ट्रेलीयन सरकारले हरेक बर्ष कुन बिषयको लागि कति निमन्त्रणा दिने भनेर ceiling value तय गर्छ। गएको शैक्षिक सत्रमा General accounting को ceiling value २५२५ रहेको थियो।यस बर्ष यसलाई बढाएर ४७७७ बनाएको छ जून गएको साल भन्दा लगभग डबल जस्तै पर्न जान्छ। त्यस्तै external auditor को कोटालाई १००० बाट बढाएर १४१३ पर्याएको छ जसले गर्दा गएको साल भन्दा यो बर्ष धेरैले पिआर पाउने पक्का छ।यो पक्कै पनि एकाउन्टीङका बिधार्थीहरुका लागि खुसीको समाचार हुनु पर्छ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349