eNepal

मुटुकाे चिन्ता छ भने धेरै नसुत्नुस् !

मानिसहरु आज बिदा त हाे नि भनेर केही बढी सुत्न खाेज्छन् । तर, आवश्यकताभन्दा धेरै निदाउँदा मुटुमा समस्या बढ्न सक्ने एक अध्ययन देखाएको छ । चीनको म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजमा भएको एक रिसर्चले धेरै निदाउने मानिसहरुमा मुटु रोगको खतरा बढ्ने बताएको छ । 

 

अनुसन्धानमा २१ देशका ११,७०० मानिसहरु सहभागी थिए । जसको उमेर ३५ देखि ७० वर्षको बीचमा थियो । यो अनुसन्धान ८ वर्षसम्म चलेको थियो । जसमा १ हजार मानिसहरु जो राती ६ देखि ८ घण्टा निदाएका थिए, उनीहरुमध्ये ७.८ प्रतिशत मानिसमा मुटु रोग (हार्ट फेल्योर) को समस्या देखिएको थियो । 

त्यस्तै ८ देखि ९ घण्टा सुत्ने १ हजार मानिसमध्ये ८.४ प्रतिशत र ९ देखि १० घण्टा सुत्ने मानिसहरुमा १०.४ प्रतिशत मानिसमा मुटुसम्बन्धी रोग देखिएको थियो । 

म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजका प्रोफेसर चुआंगसी वाङका अनुसार धेरै निदाउने मानिसमा मुटु रोग हुने र ज्यान नै जानेसम्मको खतरा देखिन्छ । उनी भन्छन् ‘शरीरमा भएका विभिन्न समस्याले गर्दा पनि मानिसहरु लामो समयसम्म निदाउँछन्, जसले झन् मुटु सम्बन्धी समस्या बढाउँछ । 

युरोपियन हार्ट जर्नलमा प्रकाशित यस रिसर्चका अनुसार लामो निद मुटु रोगको कारण हुने बताएपनि कम निदाउँदा टाउकोमा कस्तो असर पर्छ त्यो अनुसन्धानमा उल्लेख गरेको छैन् । 

एजेन्सी

Related posts

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

Manoj Poudyal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

Manoj Poudyal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

Manoj Poudyal

अमेरीकाका रास्ट्रपतिले मनाए दिपावली

Manoj Poudyal

यूकेको रेड लिष्टबाट नेपाल पनि हट्यो

Manoj Poudyal

गैर आवासीय नेपाली संघ, बेल्जियम निर्वाचन घटनाको नालीबेली, भएको रहेछ यस्तो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349