eNepal

बाक्लो अनि बलियो कपालको लागि विशेष हेरचाह

सुभम कंडेल, सिड्नी

बाक्लो अनि बलियो कपालको लागि विशेष हेरचाह
बाक्लो अनि बलियो कपाल हरेकको चाहाना हुन्छ । तर अहिलेको बिजी लाईफस्टाइलमा कपाललाई राम्रोसंग हेरचाह हुन पाउँदैन । साथै बजारबाट किनिएको महङगो प्रोडक्ट्समा धेरै केमिकल्स प्रयोग गरिएको हुनाले कपाललाई हानी पुर्याउँछ । यस्तो अबस्थामा कपाल झर्ने, दुईमुखे कपाल र डेन्ड्रफ जस्ता समस्या सामान्य हुन थालिसकेको छ । त्यसैले यस्तो समस्याबाट छुट्कारा पाउनको लागि यी उपायहरु अपनाउनुहोस ।

चिसो कपालमा काईयो प्रयोग नगर्नुहोस : कपाल चिसो भएको अबस्थामा कपाल कोर्नाले कपाल सजिलै तन्किने हुनाले कपाल टुक्रने गर्छ । त्यसैले थारै सुकेपछि मात्र काईयो प्रयोग गर्दा उपयुक्त हुन्छ ।

हट अयल मसाज : नरिवल तेललाई हल्का तताएर कपालको जरामा लगाउनुहोस । यसले तपाईको ब्लड फ्लो सामान्य राख्छ । साथै नरिवल तेलले हेयर फल हुँदैन । तपाई बादाम, सरस्युँ र अमलाको तेल पनि प्रयोग गर्न सक्नुहुँन्छ ।

अदुवाको रस : अदुवा, लसून तथा प्याजको रस जस्ता प्राकृतिक रस कपालमा प्रयोग गर्नुहोस । यसलाई राम्रोसंग कपालको जरामा दल्नुहोस र पुरै रात राख्नुहोस र बिहान कपाललाई राम्रोसंग धुनुहोस ।

एलोभेरा : एलोभेराको रसले पनि कपाल झर्ने समस्याबाट छुट्कारा दिलाउन मद्धत गर्छ । एलोभेरा जेललाई कपालको जरामा सीधा लगाउनुहोस । यसले कपालमा हुने रूखोपन हटाउन मद्धत गर्छ । एलोभेरा बालोले पीएच लेवललाई पनि संतुलित बनाउँछ । एलोभेरा जेलले मसाज गरेको केही घण्टापछि कपाल धुनुहोस । यसलाई हप्तामा दुईपटक प्रयोग गर्न सकिन्छ ।

नीम : नीमलाई पानीमा उमाल्नुहोस । उमालेपछि यसलाई चिसो बनाउनुहोस । नीमको पानी चिसो भएपछि यसले कपाल धुनुहोस । हप्तामा एक पटक यो मिश्रण लगाउनाले डैन्ड्रफको समस्याबाट मुक्त हुन सक्नुहुनेछ ।

अमला : अमलालाई नरिवल तेलमा उमालेर कपालको जरामा लगाउनुहनेस । यसको अलावा अमलासंगै शिकाकाई पाउडरको मिक्स गरीएको पेस्ट बनाएर कपालमा लगाउनुहनेस र केहि समयपछि धुनुहोस ।

दही : दहीले कपालको लागि बेस्ट कंडिशनरको जस्तै का गर्छ । दहीमा कालो मरिच मिलाएर कपालमा लगाउनुहोस । यसको अलावा दहीमा कागती मिलाएर कपालमा लगाउनाले कपाल नरम हुनुका साथै कपालमा शाइनिंग आईरहन्छ ।

ग्रीन टी : मनतातो पानी र ग्रीन टीलाई कपालमा लगाउनुहोस । यसलाई एक घण्टासम्म राखेपछि धुनुहोस । ग्रीन टीमा एंटीअक्सीडेंट्स हुन्छ जसले कपाललाई झर्नबाट कम गर्छ ।

तनावबाट मुक्त : कपाल झर्नाको ठेलो कारण तनाव हो । तनावमा रहनाले कापालको जरा कमजोर हुन्छ । यसबाट बच्नको लागि मेडिटेशन गर्नुहोस जसले हार्माेनल संतुलन बनाउँछ र कपाललाई हेल्दी राख्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349