सागर भुर्तेल, सिड्नी
अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको कार्यक्रम गर्नमा रोक लगाएको भन्ने समाचारमा आएको कुरामा कुनै सत्त्यता छैन ।
नेपाली दूतावास अष्ट्रेलिया र एनएसडब्लु कन्सुलर जनरलद्धारा आयोजित नेपाल भ्रमणवर्ष २०२० को भव्यरुपमा उद्घाटन भएको थियो ।
नेपाली मेडिया तथा सामाजिक संजालमा ‘अष्ट्रेलियामा नेपाल भ्रमणको कार्यक्रममा रोक ’ भन्ने शिर्षकमा आएको समाचार मिडियाबाजि मात्रै भएको हो ।
उपाध्यक्ष पौडेलका अनुसार दूतावासले आयोजना गरेको नेपाल भ्रमणवर्ष २०२० को भव्यरुपमा औपचारिक सुरुवात गरिएको छ ।
‘प्रचार–प्रसारका क्रममा ओपेरा हाउसभित्र कुनै पनि देशको झण्डा लिएर जानु नपाइने हुनाले हाम्रो देशका झण्डा बोकेका दुई साथिलाई हाउसका सेक्युरेटीले ‘झण्डा बोकेर भित्र नजानुस्’ भनेर रोकेका मात्र हुन् । अरु केही होइन्,अष्ट्रेलियनहरुले आफ्नो सबैभन्दा ठूलो फेस्टिभल (Fireworks) मनाई रहेका छन् । हामीले कुनै खुसीयाली मनाएको होइन, यो त हाम्रो विजनेस जस्तो हो ।’
नेपाल भ्रमणवर्षलाई कसरी सहयोग गरौं भन्नेमा नलागेर राजनीतिक प्रतिशोधका रुपमा यस्तो कुरा बढाइएको आरोप समेत लगाइएको छ ।
‘सबै सामाजिक संघ संस्थाको आयोजनामा गरिएको यो कार्यक्रममा अष्ट्रेलियन नागरिक नै उपस्थित भएका थिए । उनीहरु आफ्नो फेस्टिभल मनाउँदै रमाइलो पनि गरिरहेका थिए ।
देशमा नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भएको छ । नेपाल भ्रमणवर्षलाई सहयोग गर्न छिमेकी देशका मन्त्रीस्तरको भ्रमण भइसकेको छ । नेपालले आव्हान गरेको नेपाल भ्रमणवर्षको अवसर पारेर थुप्रै विदेशी नागरिकहरु नेपाल भ्रमणमा आइरहेका छन् । जसका कारण नेपालका पाँचतारे होटल मात्रै नभएर ठमेलका फुटपाथका स-साना रेष्टुरेण्ट व्यवसायहरु समेत फष्टाइरहेका छन् । त्यसो त पर्यटकका कारण होटल र रेष्टुरेण्ट व्यवसायमात्र नभएर धेरै आर्थिक क्षेत्रमा सहयोग पुगेको पर्यटन क्षेत्रका विश्लेषकहरुको भनाई छ ।
यसै विषयमा विभिन्न देशमा रहेका नेपाली हरु तथा उनीहरुले नेतृत्व गरेका संघसंस्थाले पनि पर्यटन वर्ष २०२० लाई सघाउन स्वत स्फूर्तरुपमा हर सम्भव प्रयास गरेका छन् भने विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले तदारुकताका साथ विदेशी नागरिकहरुबीच भ्रमण वर्षको निम्तो बाँडिरहेका छन् । यसले नेपाल घुम्न जाउँ भन्ने सन्देश त बाँडिरहेको छ नै त्यसमा पनि नेपाल भन्ने देश छ र नेपालको सांस्कृति तथा प्राकृतिक विविधता यस्ता छन् भन्ने विषयमा पनि विदेशी नागरिकहरुले राम्रोसँग बुझ्न पाएका छन् ।
यसै अवसरमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि पर्यटमन्त्री योगेश भट्टराई अष्ट्रेलिया पुगेका हुन् ।
नेपाली दूतावास तथा एनएसडब्लु (NSW) कन्सुलर जनरलले नेपाल भ्रमण वर्ष २०२० का लागि आयोजना गरेको कार्यक्रमका भागलीन मन्त्री भट्टराई त्यहाँ पुगेको बताइएको छ । यसै अवसरमा त्यहास्थित प्रवासी नेपाली मन्चले पनि मन्त्रीसँग ५ जनवरीका दिन ‘समृद्धि संवाद’ कार्यक्रम सम्पन्न गरेको छ ।
मन्चले सामाजिक संजालमा आफूले आयोजना गर्न लागेको कार्यक्रमको प्रचार प्रसार तिब्र पारेको थियो ।
अष्ट्रेलियामा आगोका कारण त्यहाँका जनताले भोग्नु परेको पीडाले धेरै नेपालीको मन खाइरहेको थियो । यस्तोबेला ‘मन्त्री भट्टराई भ्रमण वर्षको निम्तो दिन अष्ट्रेलिया आउनु भन्दा देशमै बसेर समवेदनाको कामना गर्नुपर्ने’ भन्ने जोडदार आवाज समेत उठाइएको सामाजिक संजालमा देखिएको थियो ।
मन्त्री भट्टराई अष्ट्रेलिया पुगे । मन्चले आयोजना गरेको ‘संमृद्धि संवाद कार्यक्रम पनि सकियो । तर, मंगलबार नेपाली दूतावास अष्ट्रेलिया र एनएसडब्लू कन्सुलर जनरलद्धारा आयोजित भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम पनि राम्रो भयो । तर, नेपालका विभिन्न मेडियामा समाचार आयो ‘अष्ट्रेलियामा नेपाल भ्रमणको कार्यक्रममा रोक ’ यसले सबै नेपालीलाई दुःखी पनि बनाएको पनि थियो । तर, यस्तो समाचारमा कुनै सच्चाइ छैन ।