eNepal

अग्नी नियन्त्रकको अन्तिम संस्कारमा अस्ट्रेलीयन सरकारले १९ महिने छोरालाई दियो वीरता पुरस्कार

अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउने क्रममा गत हप्ता अग्नी नियन्त्रक ज्योफ्री किटनको मृत्यु भएको थियो । बिहिबार ज्योफ्रीको अन्तिम संस्कार आयोजना गरियो जसमा उनका १९ महिने छोरालाई पिताको बहादुरीका लागि पदकबाट सम्मानित गरियो ।

ज्योफ्रीका छोरा हार्वी किटनलाई सर्वोच्च सेवा मेडलबाट सम्मानित गरिएको हो । सम्मान ग्रहण गर्ने बेला हार्वी रुरल फायर सर्भिस (आरएफएस) को ड्रेसमा र्थि । त्यतिबेला हार्वीको मुखमा प्यासिफायर थियो भने उनी निकै शान्त तरिकाले पदक लगाइदिएको हेरिरहेका थिए ।

न्यू साउथ वेल्स रोयल फायर सर्भिस कमिश्नर क्रेग फिजसिमोन्सले हार्वेको शर्टको पदक लगाइदिएका हुन् । अन्तिम संस्कारमा संलग्न दर्जनौं अग्नी नियन्त्रकले ज्याफ्रीलाई सिड्नीको चिहानमा बिदाई स्वरुप सलामी दिए ।  

ज्याफ्रीको कफिनमाथि कप राखिएको थियो जसमा बुवा छोराको फोटो अंकित थियो । फोटोसँगै लेखिएको थियो, ‘ड्याडी आइ लभ यु टु द मुन एण्ड ब्याक !’

जंगलमा आगो निभाउने क्रममा तीनजना अग्नि नियन्त्रकको मृत्युः

हार्वीका पिता जेफ्री किटन (३२) ती तीन अग्नि नियन्त्रकमध्ये एक हुन् जसको हालै मृत्यु भएको छ । किटन र उनका सहयोगीको गाडीमाथि बलिरहेको रुख खस्दा गत महिना मृत्यु भएको थियो ।

आलोचनापछि ज्योफ्रीको अन्तिम संस्कारमा पुगे प्रधानमन्त्रीः

ज्योफ्रीको अन्तिम संस्कारमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन पनि समावेश भए । अष्ट्रेलियाको डढेलो न्यूनिकरणका लागि प्रभावकारी उपाय अवलम्बन नगरेको भन्दै उनको निकै आलोचना भएको थियो । उनी आफ्नो परिवारसँग छुट्टी मनाउन हवाई गएका थिए । सामाजिक कार्यकर्ता र अग्नी नियन्त्रकहरुको बढ्दो दबाबपछि उनी फिर्ता भएका थिए । सिड्नीमा डढेलोका कारण तापक्रम ४५ डिग्रीसम्म पुगेको थियो ।

अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्युः

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा डढेलोका कारण सातजनाको मृत्यु भएको छ । पछिल्लो चार महिनामा आगलागीको घटनामा अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्यु भएको छ । थुप्रै हराइरहेका छन् । न्यू साउथ वेल्समा आगलागीपछि अहिलेसम्म हजार बढी घर जलेर खरानी भएका छन् । दक्षिण–पूर्वी अष्ट्रेलियाका तीन लाख हेक्टर क्षेत्रमा आगो फैलिएको छ । न्यू साउथ वेल्सका अधिकारीले शहरमा संकटकालको घोषणा गरेको छ ।

Photo Source: Reuters

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349