नेपालमा १६ बर्षदेखी संचालनमा रहेर करिब ७ बर्ष देखि सिड्नीमा आफ्नो कार्य गर्दै आएको राईट एन्ड एशोसिएट्स एजुकेसन एन्ड माईग्रेसनले आफ्नो शाखा मेल्बोर्नमा बिस्तार गरेको छ। भिक्टोरीयाका लागि महा बाणिज्यदुत चन्द्र योन्जनको प्रमुख आतिथ्यमा मेल्बोर्नमा आज आधिकारीक रुपमा अफिसको उद्घाटन गरियो।
मेल्बोर्नको लिटल कोलीन्स स्ट्रीटमा खोलीएको राईट एन्ड एशोसिएट्स एजुकेसन एन्ड माईग्रेसनले आजबाट आफ्नो सेवा प्रदान गर्दैछ।बिधार्थीसँग जोडीएको बिधार्थी भिसाको अलावा ” One Stop solution”को नारालाई आत्मासाथ गर्दै Lotus Smarts Accountsसँग साझेदारी गर्दै एकाउन्टीङ र होम लोन अनि बिभीन्न बित्तीय सेवासँग सम्बन्धीत सबैकामहरु प्रदान गर्ने जनाएको छ।चाटर्ड एकाउन्टेन्ट राजेश आचार्यद्वारा संचालीत Lotus Smarts Accounts हाल मेल्बोर्नको डेन्डेनोङमा संचालन हुँदै आएको छ।यसको साथ साथै भविस्यमा अझ धेरै सेवाहरु थप्दै अघि बढ्ने राईट एसोशियट्सका मेल्बोर्न व्यबस्थापक सुरेश क्षेत्रीले ईनेपाललाई बताउनु भएको छ ।सिड्नीमा आफ्नो गुणस्तरीय सेवाद्वारा सेवाग्राहीहरुको मन जित्दै आएको र त्यही गुणस्तरीय सेवालाई मेल्बोर्नमा निरन्तरता दिने कुरा बताउनु भयो।
ईनेपालको तर्फबाट राईट एन्ड एशोसिएट्स एजुकेसन एन्ड माईग्रेसन मेल्बोर्न अनि मेल्बोर्न व्यबस्थापक सुरेश क्षेत्रीलाई अग्रीम बदाई तथा सफलताको शुभकामना।