eNepal

नेपाललाई ‘उत्कृष्ट पर्यटकीय गन्तव्य’ को रूपमा प्रचार गर्ने अमेरिकी राजदूतको घोषणा

नेपालस्थित अमेरिकी मिसनले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन आफ्नो सामाजिक सञ्‍जालमार्फत प्रचारप्रसार गर्ने भएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आफ्नो ट्‍विटरमार्फत नेपाल सरकारले सुरु गरेको अभियानलाई सघाउन जनवरी महिनाभर नेपालस्थित अमेरिकी मिसनका सबै सामाजिक सञ्‍जालमा नेपाललाई ‘उत्कृष्ट पर्यटकीय गन्तव्य’को रूपमा प्रचार गर्ने घोषणा गरेका हुन्।

‘नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सघाउन अबको एक महिनासम्म अमेरिकी राजदूतावासको सबै सामाजिक सञ्‍जालमा अमेरिकी कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्बिरमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने घोषणा गर्दछु,’ राजदूत बेरीले ट्‍विट गरेका छन्।

उनले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणका क्रममा खिचेका तस्बिरसहित उक्त ट्‍विट गरेका छन्। सोही ट्‍विटमा उनले गत वर्ष जनवरीदेखि अक्टोबरसम्म ७८ हजार अमेरिकी नागरिकले नेपाल भ्रमण गरेकोसमेत उल्लेख गरेका छन्।

राजदूत बेरीको उक्त घोषणासँगै नेपालस्थित अमेरिकी मिसनले आफ्ना सामाजिक सञ्‍जालहरुमा सोही सन्देशसहितका तस्बिरहरू सेयर गरेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349