eNepal

मासु पल्ने मेसिनमा परेर मलेसियामा एक नेपाली कामदारको मृत्यु

सोमबार मलेसियाको मलाक्का राज्यमा एक नेपाली कामदारको मृत्यु भएको छ।मासु पेल्ने मेसिनमा खसेर उनको ज्यान गएको हो ।

‘द मलाक्का फायर डिर्पाटमेन्ट’का जुलखैरनी राम्लीका अनुसार ४७ वर्षीय नेपाली कामदार मासु प्रशोधन उद्योग मस्जिद तनाहका कामदार थिए। मृतक नेपाली भएको खुले पनि नाम र नेपालको ठेगाना भने अझै खुल्न सकेको छैन।

तीन कामदार सहित मेसिन मर्मत गर्ने क्रममा अकस्मात मेसिन खुलेपछि उनी तानिएको बताइएको छ।कम्मर पेलिएको कारण उनको घटनास्थलमै मृत्यु भएको हो। जुलखैरनीका अनुसार उनलाई मेसिनबाट निकाल्न करिब ३० मिनेट लागेको थियो।

मलेसिया रोजगारमा करिब ३ लाख ६० हजार नेपाली कामदार रहेका छन्। नेपाली कामदारहरू सुरक्षा गार्ड, निर्माण कार्य तथा अस्पताल लगायतमा कार्यरत छन्। नेपाली दूतावासकाअनुसार सन् २०१८ मा मलेसियामा विभिन्न कारणले ३ सय २२ जना नेपाली कामदारको मृत्यु भएको थियो ।

साभारः Daily Mail

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349