eNepal

फोनमा मायाँलुसँग जे पायो त्यहि बोल्दै हुनुहुन्छ, सरकारले सब सुन्दैछ है

सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेस गरेको छ । 

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक व्यवस्था गर्दै विधेयक ल्याइएको बताए । 

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि विधेयक प्रस्तुतका लागि बाटो खुलेको थियो । राष्ट्रियसभा सदस्य पन्तले विरोधको सूचना प्रस्तुत गर्दै विशेष सेवा विधेयक २०७६ ले नागरिकको स्वतन्त्रता हनन गर्ने, गोपनीयताको हक भंग गर्ने भन्दै  विधेयकलाई “ज्यानमारा” को संज्ञा दिए ।

फरक विचार र फरक दललाई ठाउँको ठाउँ समाप्त पार्ने नियतले यो विधेयक ल्याइएको भन्दै उनले फरक विचार राख्ने सत्तारुढ दलका नेताहरुका लागि पनि खतरापूर्ण रहेको दाबी गरे ।

उनले भने, “यो लोकतन्त्रविरुद्धको जासुसी हो । विधेयकका केही बुँदाले कुनै पनि व्यक्तिको निजी जीवनमा राज्यको सीधै हस्तक्षेप हुने देखिन्छ । श्रीमान्-श्रीमतीबीच भएको सबै कुराहरु सरकारले हेर्नेछ, सुन्‍नेछ । ट्यापिङ गर्नेछ । विदेशमा भएका सबै नेपाली अब घरपरिवारसँग खुलेर कुरा गर्न पाउने छैनन् । बिहे गर्ने उमेर भएका भाइबहिनीहरु प्रेम गर्नुभएको छ भने तपाईैहरुको सबै खबर, सबै म्यासेजहरु सरकारले सुन्नेछ, हेर्नेछ । र जोसुकै माथि पनि यो ब्यालमेलिङ हुने अवस्था छ । पत्रकारहरुले कुनै खोजमूलक समाचार लेख्नुभयो भने सम्पादकसँग पुग्नुभन्दा पहिले सरकारको संयन्त्रमा यो कुरा पुग्नेछ । त्यसले हामीलाई अप्रत्यक्ष सेन्सर लाग्नेछ । ”

कलडिटेलदेखि लिएर सबै कुरा अहिले पनि अदालतको अनुमति लिएर भइरहेको उल्लेख गर्दै उनले विधेयक आएपछि कसैको अनुमति नचाहिने तर्क गरे । उनले भने,  “जोसुकैलाई पनि ठाउँको ठाउँ सक्नेछ । प्रधानमन्त्रीले ठोक्न लगाउने र गृहमन्त्रीले सदनमा आएर जवाफ दिन आउने दिन धेरै टाढा छैन । नेपाल विशेष सेवा विधेयक संविधानमा उल्लिखित गोपनीयताको हक, नागरिक स्वतन्त्रता लगायतको प्रतिकूल भएको हुँदा फिर्ता गर्न माग गर्दछु । ”

यसअघि गत शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले नेपाल विशेष सेवा विधेयक २०७६ संविधानकको मर्म र भावनाविपरीत नागरिकको स्वतन्त्रता र गोपनीयता हनन् गर्ने गरी ल्याउने काम भएको भन्दै फिर्ता लैजान सरकारसँग माग गरेको थियो । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349