अस्ट्रेलीयामा नेपालीहरुको बड्दो जनसङ्ख्यासँग सँगै जुलाईमा हुन गईरहेको चुनाबको सहगर्मीले नेपाली समुदायमा पनि बड्दै गएको छ। चुनाबमा भाग लिन दौड धुप चलि रहँदा नेपाली समुदाय जसले निर्बाचनमा भाग लिन पाउँछन्, उनीहरुले सम्बन्धीत मन्त्री र पार्टीहरुसँग नेपालीका गुनासा र समस्याहरु सुनाउनमा आतुर छन्।
सिड्नीमा बस्नु हुने नेपालीहरूको समूह लिबरल फ्रेन्डस अफ नेपालले अष्ट्रेलियाका अध्यागमन मन्त्री पीटर डटनसँग भेट बार्ता गरेर नेपालीहरुले भोगेका समस्याहरुको बारेमा कुरा राखिएको थियो।
नेपालीहरुले भोग्दै आएको अस्ट्रलीयाको भिषा समस्या जुन अहिलेसम्म पनि भारतमा गएर लगाउन पर्ने झन्झटिलो भएको र समयपनि अत्यधिक लाग्ने गरेको कुरा मन्त्री पीटरलाई राखिएको थियो। यो बिषयलाई लिएर मन्त्री पिटरबाट सकारत्मक प्रतीक्रिया आएको थियो।
नेपाली बिधार्थीहरुको पहिलो छनोटको देश अस्ट्रेलीया रहँदै आएको छ। यदि भिसा दिने काम नेपालबाटै हुने हो भने भारतबाट भिषा लगाउने झन्झटीलो कामको अन्त्य हुने थियो र केही भए पनि समय र पैसाको बचत हुने थियो।आशा छ आगामी शैक्षीक शत्रबाट नेपालीहरुले आफ्नै देशबाट भिसा लगाएर अस्ट्रेलीया आउन पाउने छन्।