सागर भुर्तेल, सिड्नी
सिड्नीमा रहेका पर्बतेलीहरुको वृहत भेलाले एलएन अधिकारीको अध्यक्षतामा पर्बत समाज अस्ट्रेलिया गठन गरेको छ।
नवगठित पर्बत समाजको उपाध्यक्षमा अजित पौडेल र सचिबमा राजेन्द्र चापागाईं चयन भएका छन्।
बुधबार भएको पर्बतेलीहरुको भेलाले संरक्षकमा रुद्र पौडेल चयन गरेको छ।
यस्तै, संस्थाका सदस्यहरूमा चोलेस्वोर तिवारी , सन्तोष तिवारी , केदार चापागाईं, नबिन अधिकारी, नेत्रकृष्ण पौडेल, सक्ति सुबेदी, कमला चापागाईं र बन्दना श्रेष्ठ रहेका छन्।
‘पर्बत जिल्लाबाट अस्ट्रेलिया आएर बसोबास गर्ने दाजुभाइबीचको चिनाजानी,आपसी भाइचारा र एकताका लागि पनि पर्बत समाज अस्ट्रेलिया आवश्यक थियो,यसै कुरालाई मध्यनजर राखेर हामीले यो समाजको गठन गरेका हौं’, नवगठित समाजका अध्यक्ष एलएन अधिकारीले भने।