दैव, तेरो खेल देखेर पनि, म चकित हुन्छु
आफ्नाबाट टाढा बनाईस, म बिछिप्त हुन्छु
सपनाहरु फूल जस्तै, सजायको थिए मैले
बिषालु तिखा काँडादेखि, म त्रसित हुन्छु
विगतका दिन सम्झँदा, सबै ठिकै लाग्थ्यो
अचानक असिमित चोटहरुले, म पीडित हुन्छु
दैव, तेरो खेल देखेर पनि, म चकित हुन्छु
सानो थियो मेरा लागि, उता पहाड बनेछ
अन्जान गल्तीहरु सम्झदै, म क्रोधित हुन्छु
लैजा मलाई तेरो आफ्नै संसारमा ईश्वर,
यो झुटो ज्ञान पुग्यो, बरु उतै, म शिक्षित हुन्छु
दैव, तेरो खेल देखेर पनि, म चकित हुन्छु
**रोशन बास्तोला**