eNepal

दश रुपयाँमा पेट भरि भात

हरेक घरको पीडा एउटै हुन्छ, महँगीले डाँडो काट्यो । तलब थोरै भयो अब जीवन कसरी चलाउने । विद्यालयको फिस महँगो भयो अब कसरी पढाउने ? अनि खाद्यान्न सामग्रीको मूल्य आकासियाे । गरिबको अँगेनो बलेन भन्ने समाचारहरु प्रशस्तै आए 

हुन पनि अहिलेको बजार मूल्य त्यस्तै नै  छ। आर्थिक अवस्था कमजोर भएकाहरुको दैनिकी एकदमै कष्टकर बनेको छ ।  तर विराटनगरमा १० रुपैयाँमै भरपेट खाना खान पाइन्छ भन्ने कुरा सुन्दा तपाईँलाई पत्याउनै गाह्रो पर्न सक्छ ।

तपाईँ हामीले हरेक दिन खाँदै आएको खाना छाकको न्यूनतम पनि ६० रुपैयाँभन्दा तल खानै पाइँदैन । ठूला होटलमा एक छाककै प्रतिव्यक्ति १५ सय रुपैयाँभन्दा बढी लिएको पनि पाइन्छ ।  तर विराटनगरको काली मन्दिरअगाडि  १० रुपैयाँमा भरपेट खाना खाने व्यवस्था मिलाइएको छ ।

विराटनगर ७ का समाजसेवी दिलिप धाडेवाको अगुवाइमा विराटनगरमा १० रुपैयाँमा सादा खाना खाने व्यवस्था मिलाइएको हो । कुनै समय राजापा नेपालका सह-महामन्त्रीसमेत रहेका धाडेवाले बुधबारदेखि १० रुपैयाँमा नै राज्माको तरकारी र बासमती चामलको खाना बेच्न थालेको बताए ।

विराटनगर मेनरोडस्थित काली मन्दिरअगाडि टेबल राखेर खाना बेच्न सुरु गर्नेमा विराटनगरका चार जना छन्  । ठूला होटलमा  सबै वर्गका मानिसले किनेर खान नसक्ने भएका कारण सस्तो मूल्यमा सबैले भरपेट खाने व्यवस्था मिलाउनका लागि यो अभियानको थालनी गरिएको धाडेवाले बताए ।

यो अभियान विराटनगरका ४ जना व्यक्तिबाट सुरु भएको हो । विराटनगरका व्यापारी नन्दकिशोर तापडिया, पवन अग्रवाल, मोहन गुप्ता र दिलिप धाडेवाले संयुक्त रुपमा नयाँ कामको थालनी गरेका हुन् ।

यो अभियानलाई विराटनगरका अन्य स्थानहरुमा समेत लग्ने र  सस्तो मूल्यमा खाना  उपलब्ध गराउने तयारी भइरहेको धाडेवाले बताउनुभयाे । सस्तो मूल्यमा खाना खाने व्यवस्था मिलाइएपछि खाना खान आउनेहरुको संख्या बढ्न थालेको छ ।  पहिलो दिन मात्र ४ सय ३९ जनाले खाना खाएका छन् । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349