eNepal

द ओसोम-३ कोलागि ओसम-३ को खोजीकार्य तिव्र हुँदै

image

गएका केही बर्ष देखी एस ईभेन्ट्स एन्ड मल्टीमीडीयाले आयोजना गर्दै आएको एक प्रतिस्थीत कार्यक्रम ओसम ३ यस बर्ष पनि हुने भएको छ।यो बर्ष संयुक्त रुपमा एस ईभेन्ट्स एन्ड मल्टीमिडीया र सोलाङ्चरले यो कार्यक्रम आयोजना गर्न लागेको हो।

२४ जुलाईका दिन मेल्बोर्नको ट्रयाक लन्ज बारमा हुन गई रहेको यो कार्यक्रमको ओसम १का लागि नेपाली रक सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली रक ब्यान्ड कबवेभले आफ्नो प्रस्तुती दिदै छ भने ओसम २ भनेर अहिलेका युवा पुस्तामा ज्यादैनै लोकप्रीय गायक रोहीत जङ क्षेत्रीको प्रस्तुती रहने छ जसको बिस्तारै बिस्तारै बोलको गीत हरेक नेपाली युवाको मुखमा झुन्डेको गीतमा पर्ने गरेको छ।

ओसम ३ को लागि भने अस्ट्रेलीयाबाट खोजी गरिने आयोजकहरुले बताउनु भएको छ।यसको लागि खुल्ला आवहान गरिएको छ।अस्ट्रेलीयाको कुनै ठाउँबाट पनि भाग लिन मिल्ने यो प्रतीस्पर्धामा एकल प्रस्तुती हुनु पर्ने छ। गीतको बोल नेपालीमा र अठार बर्ष उमेर पुगेको हुनु पर्नेछ।निर्णायक फैसला आयोजकले गर्ने छ भने बिजेताको घोसणाको निर्णय कलाकार द्वय कबवेभ व्यान्ड र रोहीतजङ क्षेत्रीद्वारा गरिने छ। जति पनि भिडीयोहरु आउने छन् सबै भिडीयोहरु ईभेन्टको आधिकारीक पेजमा राखिने छ र जसलाई बढि भन्दा बढि दर्शकहरुले हेुर्न हुन्छ ति मध्यबाट उत्कृस्ट पाँच छानिने छ र जो बिजेता हुनु हुने छ वहाँले ओसम ३ भएर कववेभ अनि रोहीतजङ क्षेत्रीसँग आफ्नो प्रस्तुती दिने अवसर पाउनु हुने छ। बिजेता मेल्बोर्न बाहिरबाट छानिनु भयो भने खाने बस्ने र आउने जाने खर्च आयोजकले गर्ने कुरा बताएको छ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349