eNepal

छाउप्रथा : धार्मिक संस्कारको नाममा महिलाप्रति चरम विभेद

मुना बस्नेत

विद्यालयमा गुरुले भन्नुहुन्थ्याे- २१ औं शताब्दीको युगमा सत्यतथ्य प्रमाणका आधारमा बैज्ञानिक खोज अनि आविष्कारमा बहस केन्द्रित रहन्छ । साे कुराले आज एक्कासी मलाई सन्देह गराइराखेको छ ।

उहाँले ‘नेपाल एक लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख’ भनेर पढाउनु भएकाे अहिले जस्तै लाग्छ । ती गुरुको दिव्य उपदेशप्रति मेरो मन मस्तिकले बारम्बार खेलिरहन्छ ।

आज विद्यालय जीवनको लामो समयावधिपश्चात पनि उही गुरुलाई सम्झिरहेको छु । त्यहि विद्यार्थी जीवन अनि कक्षाकोठाले किन धेरै मलाई जिग्याइहन्छ/सताइरहन्छ ?

विद्यार्थी जीवन र कक्षाकोठाले भन्दा पनि मिल्ने साथीको यादले सताएकाे रहेछ । सँग पढ्यौं, सँगै खेल्यौं, सँगसँगै हुर्कियौं । अनि दुःख सुखका सारथी भइ सधैं एक अर्काका आसपासमा नै रहिरह्यौं । तर उनले  मलाई लामो समयसम्म साथ दिइनन् । कारण- उनले बेलैमा स्वर्गको बाटो रोजिन् ।

जीवनमा केही न केही गर्छु, समाजमा रहेका कयौं विकृति, विसंगती र गलत प्रथाकाविरुद्धमा यस्तो जोडदार साथ म आवाज उठाउँछु र परिवर्तन मेरैै पालामा गरेर देखाउँछु भन्दै नविन सोच अनि सिर्जनशील उसको विचारले वास्तवमा नै मलाई विद्यालय जीवनमा एकदम प्रलोभनमा पारिनै रहेको थियो ।

भित्रभित्र तिनको त्यो कठोर अठोट अनि क्रान्तिकारी योद्धाको जस्तो साहस र निरन्तर लगनशील तिनको हरपलले वास्तवमा नै मलाई यो केटी भविष्यमा समाज रुपान्तरणको अगुवाका रुपमा देखापर्नेमा कुनै शंका थिएन । एक त छोरी भएर जन्मिदाको त्यो क्षणदेखि मृत्युशैयामा नपुगुञ्जेल त्यो समाजबाट गरिने तिरस्कारको अनि धर्म र कर्मका नाममा हरेक अवस्थामा एक छोरीलाई गरिने चरम विभेदका लागि गरिने विरुद्धमा मेरो वहस केन्द्रित रहन्छ । अनि यो नै मेरो भविष्यको सपना भन्ने गर्थिन् ।

सानै बेलादेखि छोरा र छोरीमा आफ्नो परिवार र समाजमा छोरा र छोरीप्रतिको विभेद, छोरालाई काखा अनि छोरीलाई पाखा गरिएको दृश्य अनि समाजमा जबजब अप्ठ्यारोको अवस्था आइपर्छ त एक छोरीले आफ्नो अग्निपरीक्षा दिनुपर्ने त्यो काहाली लाग्दो अवस्थालाई नजिकबाट निहालेकी उनले खाली मेरो आवाज अनि मेरो कलममात्र यस विषयमा अघि बढ्नेछन भनेर पटकपटक भन्ने गर्थिन् ।

याद आउँछ त्यो तिनले भनेको हिजैजस्तो लाग्थ्यो, म यस्तो समाजमा जन्मेको छु कि जहाँ हुर्केको एक जवान छोरा गाउँघरमा डुल्दै भोजभतेर अनि रत्यौलीदेखि विभिन्न नाचगानमा कुनै समय अनि वातावरणको पर्वाह नगरी रमाइलो गरिरहेको देखिन्छ । तर छोरीलाई तिनले चालिएको पाइलै पिच्छे प्रश्न अनि आलङ्कालरीक शब्दका घोच अनि दुव्र्यवहारले पलपल पछाइरहन्छ ।

यस्तो समाजमा छोरी भएर जन्मलिनुमा मेरो दुर्भाग्य होइन कि मरो लागि यो अहोभाग्य हो किन कि अब म पछि जन्मिने छोरीहरुले यस्तो विभेदकारी समाजलाई महसुस गर्न कदापि पाउने छैन । कारण म अब यो विभेदकारी समाजको सोच अनि शैलीलाई परिवर्तन गरी छाड्छु भन्ने तिनको त्यो क्रान्तिकारी सोचलाई म पटकपटक सलाम गरिरहन्थे ।

कारणः शनिबारको दिन उही विद्यालयमा पढेकी अनि उही गुरुबाट शिक्षादीक्षा प्रदान गरेकी मेरो विद्यालय जीवनको अति नै मिल्ने साथीको अकल्पनीय मृत्यूको खबर अनि मृत्यूको खबरसँगै जोडिएका कयौं अकल्पनीय क्षणहरु । सम्झना र याद तिनको र मेरो कयौं बर्षको थियो । सँगसँगै हुर्कियौं, सँगसँगै खेल्यौं अनि दुःख सुखका सारथी भइ सधैं एक अर्काका आसपासमा नै रहिरह्यौं ।

जस्तो अवस्थामा होस् या त जहाँ भएता पनि उसले छोरीमाथि गरिने विभेद अनि त्यो व्यवहार वास्तवमा नै मानवता र धर्मविरुद्ध नै हुन भन्दै समाजमा रहेका मानिसलाई सुचिकृत नै गरिराखेकी हुन्थिन् । यस्तो विभेदकारी समाजको अन्त्यकालागि जीवनलाई समर्पित गर्ने हुँ म भन्ने उनी आज एक्कासी यो संसारलाई छाडेर जाँदाचाहिँ वास्तवमा नै मलाई इश्वरप्रति कयौं गुनासा रहे ।

समाजमा त्यो विभेदका सिकार भएर वस्न वाध्य भएका कयौं महिलाको आवाजलाई बुलन्द गर्ने एक युगमा एकचोटी जन्मलिने वाल्यकालदेखि नै उत्थनशील समाज अनि उत्थनशील महिलाको परिकल्पना गर्ने बुझ्ने एक रुपान्तरित सोच बोकेकी उनको मृत्युले मलाई वास्तवमा नै स्तब्ध पारी नै रह्यो ।

शनिबारको त्यो क्षण गाउँघरबाटको त्यो मेरो मोबाइलमा बजेको घण्टी, चाहेको बेलामा नबज्ने अनि नचाहेको बेला बज्नेले मेरो सञ्चो विसञ्चो अनि मेरो परिवारको अवस्था कस्तो छ भनेर सोध्ने भन्दा पनि एकसुरले बोलिरहेको थियो, तिमीलाई थाहा छ तिम्रो विद्यालयको तत्कालीन समयको अति नै मिलनसार तिम्रो साथीको ३ दिन अगाडि छाउघरको चिसोबाट बच्न नसकेर एकदम हृदयविरारक मृत्यु भयो भन्दै एकसुरले आवाज दिइरहेको थियो ।

मेरो मनले मृत्यु अनि छाउघरलाई मात्र कैद गर्न सकिरहेको थियो भने त्योबाहेक मेरो मनमस्तिष्कले खासै अरु मोबाइलमा बजेका ती आवाजलाई कैद गर्न सकिरहेको थिएन । मेरो मोबाइलमा सञ्चो विसञ्चोको कुराले भन्दा पनि उनको छाउघरको बेदनालाई सहन नसकेर गएको ज्यान अनि उनीजस्तै हजारौंका कहिले फेरि छाउघरमा ज्यान जानेहोला भनेर एक त्राहिमाम स्वरमात्र सुनिन्थ्यो ।

वास्तवमा सदियौंदेखि सामाजिक मर्यादाका नाममा, देवतालाई सन्तुष्ट बनाउने नाममा छाउघरमा बस्नुपर्ने एक परम्परा नै विद्यमान रहेको रहेछ जसको पीडा अनि बेदनालाई सहन नसकेर तिनी मृत्युको मुखमा परेकिरहेछिन् । उनले मलाई सुनाउने गर्थिन् हाम्रो गाउँमा त छोरी शारीरिक रुपमा परिवर्तन हुँदासम्म पनि समाजका मानिसले जो आफूलाई शिक्षित भनाउँदाहरुले त पटक्कै बझ्दै भने सोझासिधाका त कुरै परै जाओस् ।

कलिला ती उमेर आफ्नो शरीरको सरसफाइ त आफै गर्न नसक्ने ती साना नानीहरुलाई महिनावारीका नाममा छाउघरमा वस्न वाध्य बनाइन्छ अनि तिनलाई चोख्याउने नाममा घरगाउँबाट पर रहेको खोलामा एक्लै गहरुङ्गा कम्बलहरु धुन पठाइन्छ जुन दृश्यले वास्तवमा नै हाम्रा गाउँठाउँको मानिसका चरित्रलाई खुलेआम नङ््रग्याइरहेको देखिन्छ ।

जुन कुरालाई बुझ्ने कसैले होइन जसको कारणस्वरुप म घरगाउँबाट मेरो अध्ययनका लागि यतिपर आएको छु । जब म शिक्षित भएर गाउँ फर्कन्छु पक्कै म यस्तो कुप्रथाको विरोधमा मलाई समाजका मानिसहरुले साथ दिउन् या नदिउन् एक्लै भएपनि यसको विरोधमा लडिरहने छु भन्ने त्यो साहस नै आज कुप्रथाको सिकारमा होमिन पुगरे मृत्युवरण गर्दा वास्तवमा कति जोडदारका साथ समाजमा यो प्रथाले जरा गाडिएको रहेछ ! म स्तब्ध भए ! म गहिरो सोचमा पुगे ।

सामाजिक सञ्जालका मार्फत् छाउप्रथाका विषयमा खोज गर्न मैले थालेँ । कहिले डोटी पूर्वीचोक गाउँपालिकाकी लाउँलाउँ खाउँखाउँ उमेरकी १८ बर्षिया पार्वती बोगटीको छाउ बार्न बसेको बेला निस्सासिएर मृत्यु भयो रे । त गर्मियाममा महिनावरी भएका बेला गोठमा बसेर नाङ्गालामा अनाज केलाउँदा केलाउँदै सर्पको टोकाइबाट मृत्यूवरण गरकी सुन्तलीको परिवारको बेदना रे ।

यसरी पटकपटकको खोजिमा कहिले को त कहिले को छाउघरमा मृत्यु भएका घटना देख्दा अनि सुन्दा मलाई दिनभर छटपट र उकुसमुकसुस नै भयो । मेरो निरन्तरको खोजले हिन्दू परिवारकी महिलाले महिनावारी र महिनावारीसँगै सामना गर्नुपर्ने कहालिलाग्दो अवस्थाका कयौं प्रमाणहरु पाए । वास्तवमा नै भन्नुपर्दा छोरीलाई ठूली भएमा धर्म संस्कृतिको नाममा आफ्नैबाट चरम यातना दिने संस्कार नै रहेछ त समाजको त कुरै परै जाओस् । जसको सिकारमा परेकी रहेछिन् मेरो विद्यालय जीवनकी अति नै मिल्ने साथी ।

गाउँठाउँमा कुनै अप्रिय घटनाहरु घटेमा सायद महिनावारी हुँदा महिलाले लापर्वाही गर्दा र समाज र परिवारका पात्रलाई सायद छल्दै मन्दिर पस्नाले र छाउघरमा नबस्नाले यस्तो विपत्ति गाउँलेले सामना गर्नुप¥यो भन्दै महिनावरीप्रति परिवार अनि समाज झन्झन् कठोर बन्दै गएको छ ।

महिनावारीको समयमा महिलालाई गाउँका व्यक्तिहरुसँग भेट गर्नसम्म बन्देज लगाइयो । महिनावारीका समयमा प्रयोग गरिएको लुगा धुनका लागि नजिकका खोलानालामा पनि बन्देज लगाउँदै मन्दिर वरपरका दुरुदराजसम्म हिँड्ने बन्देज नै गरियो । हुँदाहुँदा परिवार र समाजको क्रुरताले महिलाहरुलाई बारीमा सागपात टिप्न र फलफूल टिप्नमा पुरै बन्देज नै लगाइयो ।

यस्तो कुप्रथा र कुसंस्कारले जरा गाडेको त्यो गाउँले परिवेशमा उनले त्यो महिलामाथिको विभेदको विषयमा बोल्ने र लेख्ने साहस गर्नु नै मलाई वास्तवमा नै एकदम महान लाग्यो । उनले यो प्रथा हटाउन पटकपटक अग्रसर भूमिका पनि नखेलेको चाहिँ रहेनछ । भएका छाउघर भत्काउने र शिक्षित युवा बर्ग बोकेर छाउप्रथा जस्तो अन्धविश्वासलाई भगवानसँग जोडेर लिन नहुनेमा पटकपटक अभियान नै चलाएकी रहेछिन् ।

यो प्रथाको विरुद्धमा जति जोडदारका साथ उनको अग्रसरता देखेता पनि उल्टै उनलाई विभिन्न आरोपहरु लगाई निरुत्साहित गरी छाउघरमा बस्ने वाध्यात्मक अवस्था सिर्जना गरेको रहेछ ।

जुन वाध्यात्मक अवस्थाका कारण उनको मृत्यु भएको रहेछ । त सोचौं के वास्तवमा नै छाउघरमा गएको कसैको मृत्युलाई सामान्य मृत्युको रुपमा लिन कत्तिको अर्थसिद्ध हुनेछ जुन वहसको थालनी गरिनु नै आजको आवश्यकता रहेको छ ।

छाउघरमा भएको मृत्यु कसैको मृत्यु नभएर हत्या हो जस्तो लाग्छ । सामान्यतया कानुनी मर्यादा विपरित गरिएका क्रियाकलापमा त कयौं कानुनका बाह्र हातले अपराधिलाई खोजी सजाएको भागिदार बनाएको मैले सुनेको थिए । त धर्म र संस्कृतिका नाममा हिजोका दिनमा सतीप्रथा, दासप्रथालाई धर्मसँग लिएर क्रुरर व्यवहार गरिन्थ्यो । त आज खै ती प्रथा जुन धर्म र संस्कृतिका नाममा गरिन्थ्यो ।

प्रश्न यहाँनिर छ कहिलेसम्म छाउघरलाई धर्म र संस्कृतिसँग जोडेर कयौं अबोध किशोरीको ज्यानजाने ? अनि संसारका महिलाले अन्तरिक्षलगायत अरु ग्रहमा पुगेर वस्ने तयारी गरिरहँदा हाम्रो समाज अनि परिवार किन एक मानव भएर मानवता विरोधी कार्य गर्दै आफ्नो छोरीचेलीको हत्यामा तल्लिन देखिन्छ ?

कहिलेसम्म हाम्रो देशको अधिकांश महिलाहरु छाउघरमा सर्पले टोकेर, बलात्कृत भएर, आगोका धुवाँले निस्सासिएर, सुत्केरी हुन नसकेर, दाइजो नल्याएको निहुँमा, बोक्सीको आरोपमा कुटिँदै र मेरो साथीले ज्यान गुमाएको जसरी गुमाउनु पर्ने हो ? जुन वास्तवामा नै एक सोचनीय विषय रहेको छ । यस्तो विकराल क्रुरर मानवाविपरीत गरिने कार्यमा एक परिवार अनि पुरै गाउँ समाज तल्लिन भएर लाग्दा अनि कयौं छोरीचेलीका हत्यामा संलग्न रहँदासम्म पनि कानुनका बाह्रहात र बाह्रसिङ्ग नाममा मात्र सीमित रहँदा साँच्चिकै आश्चर्य लाग्छ ।

२१औं शताब्दीको यो बैज्ञानिक युगमा पनि सामान्य भन्दा सामान्य मानिसको त कुरै परै जाओस् एक शिक्षितले न नियम, कानुन राम्रो नराम्रो छुट्याउन नसक्नाले आज यस्तो कुप्रथाले हाम्रो समाजलाई एकदम विकराल अवस्थामा पुराइराखेको जलन्त उदाहरण हो, उनको छाउघरमा भएको मृत्युवरण ।

एक शिक्षित, सामाजिक अभियन्ता नै यसको सिकारमा परेर ज्यान गुमाउनु पर्ने वाध्यात्मक परिवेशमा कल्पना ग¥यौं गाउँठाउँमा सामान्य परिवार, गरिब परिवार, दलित परिवार अनि समाजबाट तिरस्कृत परिवारका छोरीचेलीका अवस्था कति दहनीय र हृदयविरारक छ होला ? र प्रश्न यहाँ निर यस्तो मानव भएर मानवप्रति गरिएको दुर्व्यवहारको दृश्य प्रष्ट यहाँ देख्न पाइन्छ त त्यो परिवेशमा त्यो ठाउँ कसरी लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख दिसामा रहेको भनेर हामीले भन्दा कतिको सुहाँउछ ।

सानो छँदा मेरो घरको लक्ष्मी भन्दै हुर्काउने र छोरी हुर्किसकेपछि छुतअछुतको व्यवहार देखाउने, वोक्सी भन्दै अमानवीय व्यवहार गर्नु कत्तिको धर्म अनि संस्कृतिसँगको मेल देखिन्छ जुन कुराको विषयमा बहस केन्द्रकृत गरिनु नै समाजबाट सदाका लागि छोरी भएकै कारण छोरीमाथिको चरम विभेदको अन्त्यको थालनी हो जस्तो लाग्छ ।

हो कतिपय अवस्थामा भएका छाउघर भत्काउँदैमा र तिनलाई घरमा पस्न दिने कानुन बनाउँदैमा पनि खासै केही हुँदैन रहेछ ? छाउप्रथाविरुद्ध अनि छोरी भएकै कारणले गरिने चरम विभेदको विरुद्ध सडकदेखि सदनसम्म, सहरदेखि गाउँसम्म जनचेतनाको लहर फैलाउनुपर्छ भने समाजमा रहेका छोरीचेली पनि यस्तो चरम विभेदको विरुद्धमा बोल्न र जुध्न साहस गर्न तयार हुनुपर्छ ।

नेपालको अधिकांश गाउँठाउँमा छाउप्रथा अझै हट्न सकेको छैन । महिला महिनावारी हुँदा होस् या त सुत्केरी हुँदा होस् छाउघर या त गोठको भरमा बस्नुपर्ने अवस्था विकराल रहेको छ । गोठ अनि छाउघरबाट बाहिर आए अरुलाई छोइन्छ र देवता लाग्छ भन्ने समाजमा ब्याप्त रहेको अन्धविश्वासलाई पछ्याउँदा एक शिक्षित युवतीले छाउघरमा मृत्युवरण गर्नुप¥यो । यस्तै अन्धविश्वासका कारण हजारौं महिलाहरुले छाउप्रथाका कारण नै मृत्युवरण गरिसकेका छन् त अव कति होला ?

प्रश्न अबका दिन यस्तो प्रथाका कारण कोही महिलाको ज्यान नजाओस् भन्ने विषयमा र मेरी साथीले जस्तो कसैले पनि त्यो कलिलो उमेरमा ज्यान छाउप्रथाका लागि दिन नपरोस् भन्ने आजको यो लेख । अझै विस्तारमा भन्नुपर्दा छोरी भएको कारणले गरिने चरम विभेदको विरुद्ध हो यो लेख ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349