eNepal

मेल्बोर्नमा उभौली पर्व मनाईयो

किराँत समुदायको महान् चाड साकेला उभौली पर्वको अवसरमा किराँत सोसाईटी अफ भिक्टोरीयाले गएको शनीबार १४ डिसेम्बरका दिन मेल्बोर्नको Moe Botanical Gardens एमओई बोटानिकल गार्डेनमा उभौली पर्व मनाएको छ।

कार्यक्रममा मेल्बोर्नका विभिन्न नेपाली समुदाएका अगुवाहरुको उपस्थिती थियो।किराती समूदाय मात्रै नभएर अन्य समुदायका युवायुवतीदेखि बालबालिका सबैको उल्लेख्निय उपस्थितीमा साकेला सिली नाँचिएको थियो।

बिशेषत: यस्ता पर्वले अस्ट्रेलीयामा जन्मेर  हुर्किदै गरेको दोश्रो पुस्तालाई आफ्नो कला, सँस्कृती, रितीरिवाजको बारे जानकारी दिन प्रमुख भुमीका खेल्छ। 

किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले उभौली पर्व मनाउँछन्।अन्नबाली लगाउने समयमा लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिऊन, सबैमा सुख शान्ति, सुस्वास्थ्य होस्, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ। 

राई, लिम्बू, याक्खा र सुनुवार लगायतका किरात जातिको यो पर्वको पहिलो दिनमा घरघरमा लिपपोत शुद्ध बनाइन्छ। आफ्ना पिता पुर्खाले मानेको तीन चुल्हो ढुङ्गाको विधिपूर्वक पूजा गर्छन् । गाउँ, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भूमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजाआजा गरिन्छ।

 पूजा आराधना गर्ने पुजारी नागिरे धामी र यस्ता व्यक्ति नभएमा विधिसम्बन्धी ज्ञान भएकाले पूजा गर्छन्। पूजाका लागि कुखुरा, सुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडालगायत सामग्री आवश्यक पर्दछ। पूजा सम्पन्न भएपछि सो थानकै वरिपरि सामूहिकरुपमा परम्परागत बाजा, ढोल, झ्याम्टा, अर्ना भैँसीको सिङ आदि बजाएर नाच्ने गरिन्छ। पहिलो दिन पूजा स्थलमा नाचिए पनि त्यसपछिका दिनमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गरी १५ दिनसम्म उभौली मनाइन्छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349