eNepal

एनआरएनएको १० घण्टा लामो बैठक सम्पन्न अष्ट्रेलियाबाट दुर्गा आचार्य, डा.बिनोद श्रेष्ठ, डा.बसुन्धरा भट्टराई चयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० घण्टा लामो बैठक शनिवार साँझ अबेर सम्पन्न भएको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा साइवर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल पार्न विदेशस्थित नेपाली दूतावाससँग सहकार्य गरी कार्यक्रम संचालन गर्ने निर्णय भएको छ । जसका लागि राष्ट्रिय समितिलाई निर्देशन दिइएको महासचिव डा. हेमराज शर्माले जनाए ।

शर्माका अनुसार संघको कार्यसमितिमा २१ जना नयाँ सदस्यहरु समेत मनोनित गरिएको छ । मनोनित हुने सदस्यहरुमा युरोप क्षेत्रबाट रामशरण सिम्खडा, भक्त गुरुङ्ग, अनुजा प्रधान, प्रेम पमु र गुणराज शर्मा छन् ।

यस्तै अमेरिका क्षेत्रबाट पासाङ्ग शेर्पा, पुरुषोत्तम बोहोरा, डा.हरि दाहाल, डा. विष्णुमाया परियार, यमुना भट्टराई र प्रमोद सिटौला छानिएका छन् ।

अष्ट्रेलियाक्षेत्रबाट डा. बिनोद श्रेष्ठ, डा. बसुन्धरा भट्टराई र दुर्गा आचार्य चयन भएका छन् । मध्यपूर्वबाट नविन पौडेल, यास्मिन वेगम, अब्दुल बसिद, चयन भएका छन् । यस्तै एशिया क्षेत्रबाट नारायण प्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी संघको केन्द्रीय सदस्यमा चयन भएका छन् ।

बैठकले ५१ जनाको मानार्थ परिषद् गठन गरेको संघका प्रवक्ता डिवी क्षेत्रीले जनाए । युकेबाट मानार्थ सदस्यहरुमा चिरन शर्मा, कर्ण शाही, चन्द्र गुरुङ्ग, रण केसी, विजन भट्ट र विनोद ज्ञवाली मनोनित भएका छन् ।

वैठकले संघका महत्वपूर्ण मानिएका विभागहरुको संयोजक समेत तोकेको छ । डा. शर्माका अनुसार एनआरएन लगानी समितिको संयोजकमा अध्यक्ष कुमार, नेपाल भ्रमण वर्ष २०२०, निवर्तमान अध्यक्ष भवन भट्ट, वैदेशिक रोजगारी, डा. बद्री केसी, भुपूगोखा समन्वयन समिति चन्द्र गुरुङ्गलाई चयन गरिएको छ ।

यस्तै नागरिकताको निरन्तरतामा रामप्रताप थापा संयोजक र सदस्यमा सोनाम लामालाई जिम्मेवारी तोएिको छ । यस्तै पर्यटन तथा व्यापार अर्जुन श्रेष्ठ, पर्यटन प्रवर्द्धन सपिला राजभण्डारी, भाषा तथा साहित्य हिक्मत थापा, विदेशमा नेपाली सामान प्रवर्द्धन शिव बरुवाल, एनआरएन नलेज एकेडेमी मन केसी, एनआरएनए एकेडेमी डा. प्रमोद ढकाल, नेपाल विज्ञान फाउण्डेसन् डा. राजु अधिकारी, भोकेस्नल शिक्षा राम थापा, मानविय साहयता तथा परोपकार सोनामा लामा, एक एनसीसी एक च्यारीटी रविना थापा, नेपाल लाईब्रेरी परियोजना नरेश कोइराला, रक्त संचार फडिन्द्र पन्त, स्वास्थ्य डा. संजिव सापकोटा, बालबालिका शिक्षा भूषण घिमिरे, महिला तथा युवा रविना थापा, महिला स्वास्थ्य रजनी प्रधान र स्पोटर्स एकेडेमी हिमाल गुरुङ्ग, संयोजक रहने भएका छन् ।

यस्तै बैठकले संस्थाको प्रशासन प्रमुखमा संघका महासचिव डा. हेमराज शर्मालाई जिम्मेवारी दिएको छ ।

बैठकले स्मार्ट एनआरएनए गौरी जोशी, सदस्यता वितरण आरके शर्मा, प्रकाशनतर्फ डिबी क्षेत्रीलाई संयोजक तोकेको छ । यस्तै बैठकले अनुसाशन समितिको संयोजकमा डा. अम्विका अधिकारी, सदस्यहरुमा इन्द्रा बन, डा. देवकाजी डंगोल, सूर्य गुरुङ्ग (युके), र कृष्ण पाण्डेलाई चयन गरेको छ ।

यस्तै बैठकबाट विधान संसोधन समितिको संयोजकमा भवानी ओली संयोजक, सदस्यहरुमा विनोद भट्टराई, रविन बज्राचार्य, पुष्प थापा, ओम गुरुङ्ग छन् ।

नियमावली निमार्ण समितिको संयोजक ध्रुव सुवेदी र संघको पोलिसी तथा प्रोसिडर समितिको संयोजकमा रामशरण सिम्खडा, संघको आर्थिक स्थायित्व समितिको संयोजकमा महेश श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा लोक दाहाल र एनआरएनए फाउण्डेशनको संयोजकमा एकनाथ खतिवडा चयन भएका छन् ।

प्रवक्ता क्षेत्रीका अनुसार बैठकले काठमाडौंमा ४ वटा सार्वजानिक शौचालय बनाउने निर्णय गरेको छ । बैठकले लाप्र्राकमा जस्तापाता बिक्रीबाट संकलन भएको रकम गोर्खा जिल्लाको अर्को क्षेत्रमा च्यारिटी काममा खर्च गर्ने निर्णय पनि गरेको छ । अर्को बैठक जनवरी दोस्रो साता नेपालमा बस्ने भएको छ ।

साभार: नेपाल ब्रिटेन डट कम

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349