नयाँ शक्तीको पार्टी घोषणा सभाको लागि प्रधानमन्त्री केपी ओली बाबुराम भट्टराईको निम्तोलाई स्वीकार्दै दशरथ रङ्गशाला पुगेका छन्। केपी ओली निकट स्रोतका अनुसार उक्त कार्यक्रममा जाने कार्यसूची नरहेको थियो तर लगातार फोन आएपछि अन्ततः दिउँसो ३ बजे सभामा जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका थिए।केपी ओलीले ठट्यौली पारा बाबुराम भट्टराईलाई आउन त मन थियो, पढ्या छैन के गरुम्’ भन्दै नपढेका नि आए हुन्छ भने चाहिँ आउँछु’ भन्ने जवाफ फर्काएका थिए।
गएको हप्ता मात्रै भक्तपुरमा भएको एक कार्यक्रममा केपी ओलीलाई उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने बताएका थिए।