eNepal

ह्या त्यस्तो काम त गर्दिन – अस्ट्रेलीयन डायरी

हुन त के लेख्या होला, राम्रा कुरा लेख्न आउँदैन भनेर गाली गर्नु हुन्छ होला तर यथार्थ लेख्दा अनि बोल्दा प्रायलाई मन पर्दैन। आउन साथ घुम्ने कुर्सीमा खुट्टा हल्लाएर खान पाईन्छ है अस्ट्रेलीयामा लेख्या भए फेरी हावा बोल्यो यसले भनेर गालीनै गर्नु हुन्थ्यो होला। तर सत्य यहि अस्ट्रेलीया आउने बितीकै सबैले गर्ने काम भनेको ट्वाईलेट सफानै गर्ने हो। फेरी प्वाक्क भन्नु होला खै मैले त सफा गरिन त। हो तपाई ति थोरै व्यक्तिमा पर्नु भयो होला जसले ट्वाईलेट सफा गर्नु भएन तर त्यहि स्तरको काम चाँही पक्कै गर्नु भयो जति फुई लाए पनि। 

कुरो हो एक महिना अघिको। फोन आयो एउटा भाईको। दाई काम खोज्दिनु न। लास्टै गार्हो भयो। हुन्छ भाई क्लिनिङ गर्छौ। ह्या दाई त्यो त गर्दिन ट्वाईलेट सोर्न पर्छ रे। ए भाई तिमी के गर्न आको त अस्ट्रेलीया त भनेर प्रश्न तेर्साए। कहाँ दाई त्यस्तो काम नि गर्नु। यसो अलिक राम्रो काम खोज्दीनु न। हुन्छ भाई म घुम्ने कुर्सीमा बस्ने काम पाए पछि खबर गरौला भनेर फोन राखी दिएँ। 

दुई महिना पछि नेपालबाट भाईका आमाले अत्तालिदै फोन गरिन्। बाबु भाईले कामै पाएको रहेन छ, खाली नेपालबाट पैसा मागेर हैरान बनाई सक्यो। लौ न कतै काम पाए भन्देउ न। मैले आमालाई भन्दे तपाईको छोरो ट्वाईलेट सफा गर्ने काम नगर्ने रे। अहिले त्यहि काम पाउन नि गार्हो छ। उसलाई सुट लाएर जाने काम अब म कहाँबाट खोज्दिउँ।

आमा झनक्क छोरासँग रिसाएर फोन राखीन्। अस्ति थाहा पाएँ भाई त नेपाल फर्किएछन् टिक्न नसकेर।

एउटी बहिनी भेट भईन एउटा पाटीमा। उसका श्रीमान र म पहिला देखीका साथी। सँग काम पनि गर्थ्यौ। बढो मेहीनेती थिए भाई। दिनमा चार घण्टा मात्रै सुतेर पैसा कमाए। कलेजको पढाई सके। काठमाण्डौमा घर बनाए। पिआर नि हात पारे। खासै पिआरको लागि सकस पनि गर्नु परेन। म बेला बेला जिस्काँथे। ह्या बुढा के आफु मात्र मरिहत्ते गर्छौ। दिनरात नभनी काम गर्या छौ। केका लागि गर्छौ के मरि हत्ते। बोरु बेलैमा बिहे गरेर ल्याउ। सँगै दुख गर। पैसा कमाउ। उसलाई थाहा होस्। कतिको दुख हुँदो रहेछ पढेर घर खर्च चलाएर पैसा जोगाउन। भाई भन्थे हैट कहाँ बिहे गर्नु हौ। आफैलाई त गार्हो भाको बेला फेरी अर्को ज्यान थपेर थप बोज कहाँ बोक्न सक्नु। अर्काकि छोरीलाई ल्याएर के बिजोग दिनु। पहिला सबथोक मिलोस्। सेटल हौ अनि गरौला नि बिहे। 

म भन्थे हेर है कस्ता पर्छन्। तिम्रो दुख बुज्ने परे त ठिकै छ। नत्र पछि पुर्पुरोमा हात राखेर पछुताउनु पर्ला नि भनेर जिस्काई दिन्थे।

त्यो पाटीमा भेटेकी बहिनी तिनै साथीकी श्रीमती थिईन्। अनि खै त भाई भनेर सोधेको। भाई त ढाड दुख्ने रोगले थला पर्नु भएको छ। कामबाट छुट्टी लिएर वेड रेस्टमा हुनु हुन्छ भन्दै मलाई जवाफ फर्काईन्। अनि तिमी काम गर्छेउ कि गर्दिन्। कहाँ गर्नु छैन नि कोर्ष गर्दैछु मार्केटीङको। कामनै नपाउने रहेछ।अब सानो तिनो काम गर्नै मननै लाग्दैन। 

मन मनै भने अब कताबाट काम गर्न मन लागोस् त। हातमा पैसौ, क्रेडीट कार्ड, कलेजको फीको टन्टो, भिषाको टन्टो नभए पछि। 

केही दिनको अन्तरालमा साथीले मलाई फोन गर्यो। यार पहिला नसुतेर काम गरेको फल सबै निस्कियो। ढाड दुखेर काममा जान पनि सकेको छैन। तैले त्यो बेला भनेको कुरा झल्झली सम्झीराछु। काममा नजाउँ घरको मोर्गेज कसरी तिरौ। उसलाई काम गरन भन्यो। जस्तो भए पनि काम गर घर खर्च हुन्छ भन्यो। ह्या त्यस्तो काम त गर्दिन। मेरो बेईजत हुन्छ। घरमा थाहा पाए के भन्छन् भनेर भन्छे। दिन भरि मोबाईल चलायो बस्यो। अव राम्रै काम गर्नलाई नि अनुभव चाहिन्छ। गफ लाएर काम पाईदैन। कस्तो ठाउँमा फसिएछ यार भन्दै बिलौना गर्दै थियो। 

यस्ता कथा अस्ट्रेलीयामा धेरै छन्।अस्ट्रेलीया होस् या अन्य देश दुख सबैले गर्नै पर्छ। यो त्यो, छ्या, त्यस्तो काम भनेर कि त धनी बाउ आमाका मात्तिएका छोरा छोरीनै हुन् या त दुखको नाउमा एक थोपो पसिना पनि नबगाई कसैको पछि लागेर आएर बिन्दास पारामा पैसा उढाउनेहरूनै हुन्। दुख बुझ्नेहरु सफल छन्। नबुझ्नेहरुको बिल्लीबाठ भएको प्रसस्तै कथाहरु छन् यो आठौ प्रदेशमा पनि। 

जदौ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349