पृथक र परिस्कृत राजनीतिक धारको सहित आज नयाँ शक्ति नेपाल नामक नयाँ पार्टी घोषणा हुँदैछ । तत्कालीन माआवादीका नेता बाबुराम भट्टराइको नेतृत्वमा सुरु भएको नयाँ शक्ति अभियानको आज दशरथ रंगशालाबाट पार्टी घोषणा गर्न लागेको हो । देशमा यो कुनै एउटा अर्को पार्टी थप्ने प्रयास मात्र नभइ मुलुककै नेतृत्व गरेर समृद्ध नेपाल निर्माण गर्ने योजनावद्ध प्रयास भएको नयाँ शक्ति नेपालका संयोजक भट्टराइले दावी गर्नुभएको छ । नयाँ शक्तिको पार्टी घोषणालाई देश विदेशमा समेत चासोका साथ हेरिएको छ । घोषणासभामा सहभागी हुन २४ देशबाट अभियन्ताहरु आईसक्नु भएको छ भने विभिन्न रास्ट्रहरुबाट शुभकामनाका सन्देश आउने क्रम जारी रहेको छ।
झकिझकाउ दशरथ रंगशालामा करिब एक लाख अभियन्ताले सामूहिक रुपमा मुलुक निर्माणको सपथ खादै पार्टी घोषणा गर्ने तयारी रहेको नयाँ शक्तिले जनाएको छ । सुचना प्रबृधीलाई भरपुर उपयोग गर्ने हेतुले घोषणा सभामा उपस्थित हुन नसक्ने र विदेशमा रहेका अभियन्ताले इन्टरनेट र प्रत्यक्ष प्रशारणको माध्यमबाट एउटै समयमा सपथ लिने तयरी गरिएको छ । त्यसअघि काठमाडौं उपत्यकाका विभिन्न ४ स्थानबाट सुरु हुने जुलुस दशरथ रंगशाला पुग्ने बताइएको छ । रंगशाला र बाहिर प्रत्यक्ष प्रसारणका लागि ४ वटा डिजिटल मनिटर राखिएको छ । नयाँ शक्तिले प्रचार प्रसारका लागि भित्तेलेखन र पर्चा पम्प्लेटिङ गर्ने तरिका परिवर्तन गरि मिडियाको उपयोग गर्ने नीति अघि सारेको छ।करिब १ करोड ५० लाख रुपैया खर्च हुने आजको घोषणा कार्यक्रममा नयाँ शक्तिले अनुमान गरेको छ।