eNepal

पैसा पठाए मख्ख नत्र ठुलो पल्टियो रे – कथा अस्ट्रेलीयाको

 

छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी। चाहे घर होस् छिमेकी, साथी हुन् या प्रेमी। पैसो छ त सब थोक छ, छैन कोही छैन। दुनीयाँ स्वार्थी छ, जमाना स्वार्थीहरुकै छ। पैसा नपठाउनु होस् घरकैले मुख बटार्न थाल्छन्, खासखुस गर्न थाल्छन्। पैसो पठाईन्जेल कस्तो राम्रो अझ कत्ति मज्जाको थियो, पठाउन छोड्नु होस् के भयो आजकाल पुर्यै चेन्छ भएछ। वास्तै गर्न छोड्यो।ठूलो भयो। विदेशी भयो के के हो के के।

दुई बर्ष अगाडी गाउँका काकाले फोन गरे। बाबु घरसँगै जोडीएको घडेरी छ। छोरोलाई बिदेश पठाउनलाई बेच्न खोज्दै रहेछन्। यसो मिल्छ भने दुई चार लाख पठाईदे न पछि मिलाउँला। दुई चार लाख। हाँसो उठ्यो। कति सजिलो छ है दुई चार लाख। हुन त काकालाई नेपालमा भन्न जति सजिलो थियो। त्यो पैसा मलाई यहाँ जोगाउन कति गार्हो छ के थाहा काकालाई। 

काकाले सम्झिदा हुन्। बिदेश गएको यतिको बर्ष भयो। उतैको रैथाने भयो। जाबो दुई चार लाख त फुत्त फाल्देला नि। मैले जबाफ दिए। काका भर्खर त पढाई सकियो। पढिन्जेल कहाँबाट पैसा जोगाईन्छ।तपाईले नेपालमा बसेर जोड घटाउ गर्या जस्तो छैन यता। पैसो कमाउन सजीलो नभए पनि जोगाउन बहुतै गार्हो छ। काकाले फोन राखे। त्यस पछि खासै बोल्न छाडे। मरक्कै टिमुर्के।

पहिलो पल्ट जाँदा काकालाई घडी लगि दिएको थिएँ। मख्ख परेर बुढाले लोकल भालेनै काटेर खुवाएका थिए। 

पैसा नपाउने भए पछि काकाले फेशबुकमा एउटा लाईक कमेन्ट पनि गरेनन्। जबकी पहिलो चोटी हरेक फोटामा पहिला उनकै कमेन्ट अनि लाईक आउँथ्यो। पछिल्लो चोटी म गएको थाहा भएपछि काका बोल्न त त्यस्तै होस् छेउ छाउनै परेनन्।

अस्ती नेपाल जान लागेका भाईलाई भेटे। ओहो भाई नेपाल पो जान लागे छौ। सपिङ त दरै भयो होला। भाईले प्वाक्क मुखै खोलेर भने दाई पहिलो पटक जाँदै काब्बु भएको छु। कानै समाएर आएँ। सुटकेश भरि कोची कोची खुसी होलान् भनेर सपिङ गरेर के मन पराउँछन् भनेर भनेर दश थोक किनेर लग्दिए। कोही पनि दिएको उपहारबाट खुसी भएनन्। यस्तो त यहि पाउँथ्यो। यो भन्दा त बोरू त्यो ल्याई दिएको भए हुन्थ्यो। यस्तो जाबो झोला त यहि जस्तो भन्यो त्यस्तो पाईन्छ। जाबो चकलेट नि ल्याउने। सबैको मुख ठुस्स देखेर बैरागनै लाग्यो। एउटालाई दियो अर्कोको मुख सानो। आस पनि सानो तिनो कुराको राख्दा हुन्छ नि आईफोन र ग्याजेट अनि ब्राण्डेड झोला। के फल्ने हो र यहाँ पैसा। कति दुःख छ दैनिक जिवन गुजारा चलाएर पैसा जोगाउन। ठुस्स परेको थोप्डा हेर्नु भन्दा त यस पालि त कसैलाई चालनै नदिई जान लागेको। सोधीहाले भने अँ अपर्झट परेर आएँ भन्दिन्छु। 

राम बिहे गर्नु अघि सम्म सार्है मज्जाको। घरको सबै भन्दा प्यारो। दिदी बहिनी, काका काकी, ईस्ट मित्र सबैको मनमा बसेको। भन्या बेला पैसा पठाई दिन्थ्यो। कोही जाँदा सबै आफन्तलाई केही न केही सामान पठाई दिन्थ्यो। पाए पछि सबै मख्ख। आखिरी स्वार्थी दुनीयाँ न पर्यो। पढ्दा पढदै बिहे गर्यो। बिहे गरेर केटीपनि सँगै लिएर अस्ट्रेलीया आयो। बिहे गर्न जाँदाकै ऋण टन्नै थियो। आएपछि घुँडो मुन्टो गरेर काम गर्यो। साथी भाईसँग लिएको पैसो बिस्तारै तिर्दै गयो। घर व्यबहार बढ्दै गयो। पहिलाको जस्तै एक मुख थिएन, दुई मुख थियो। ह्या चाउचाउ उमालेर खान्छु भन्दा नि हुन्थ्यो। अब भएन। पकाउन कर लाग्यो। खर्च दोब्बर हुन थाल्यो। घर गाउँमा पैसो पठाउन छोड्यो। कामले गर्दा फोन कम हुन थाल्यो। आजकाल भन्छन् रे बुहारी गए पछि परिबर्तन भयो। छोरो पुरै चेन्ज भयो। बुहारीले पुरै पाठ पढाई छ तर बिचरा रामको यथार्थ के थाहा गाउँलेलाई। 

बिदेशमा बस्नेसँग पैसाको बोट हुँदैन। बिदेशमा पनि दुखै गर्ने हो। कमाई अनुसार खर्च पनि त्यहि अनुपातमा हुन्छ। आखिरी दुनीयाँ यस्तै छ भईन्जेल हाई हाई नभएपछी कोही न कोही। 

नोटः कसैको यथार्थसँग मिल्न गएमा केवल संजोग मान्नु होला तर सत्य सँधै तितो हुन्छ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349