eNepal

निर्मलले सात महिनाको अवधीमा ८ हजार मिटर अग्ला पर्बत चडेर राखे नयाँ कीर्तिमान

नेपाली आरोही निर्मल पुर्जाले सात महिनाको अवधीमा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल अन्नपूर्णमा २३ अप्रिल, धौलागिरी १२ मे, कञ्चनजंघा १५ मे, सगरमाथा २० मे, लोत्से २२ मे, मकालु २४ मे, नन्गा पर्वत – पाकिस्तान ३ जुलाईमा,गशरब्रुम १ (पाकिस्तान)१५ जुलाई, गशरब्रुम २(पाकिस्तान)१८ जुलाई, केटू (पाकिस्तान) २४ जुलाई ब्रोड पिक, २६ जुलाई चो ओयू, चीन, २३ सेप्टेम्बर मनास्लु,  २७ सेप्टेम्बर शिशापाङ्मा(चीन) २९ अक्टोबर चढेर नयाँ कीर्तिमान बनाएका छन् ।

३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८: ५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् ।

यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए ।

पूर्व गोर्खा सैनिक पूर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल चढ्ने अभियान सुरु गरेका थिए । त्यसअनुसार १० वैशाखमा ८ हजार ९१ मिटर चढेका थिए । त्यसपछि धौलागिरी, कञ्चनजंघा, सगरमाथा चढे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349