eNepal

प्रधानमन्त्री ओलीले नपत्याएका यी मन्त्रीहरु

नेकपा अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बनेको २१ महिना नाघिसकेको छ । २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री ओलीले हालसम्म सातौँपटक मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरेका छन् । २०७४ फागुन ३ प्रधानमन्त्री बनेका ओलीले त्यसयता २०७४ फागुन १४ र चैत १२, २०७५ जेठ १८, साउन १८ र फागुन १६ र २०७६ साउन १५ र मंसिर ४ गते मन्त्रिपरिषद विस्तार र पुनर्गठन गरेका हुन् । 

पछिल्लोपटक बुधबार (मंसिर ४) गते भएको मन्त्रिपरिषद् पुनर्गठन भयो । महिनौं दिनदेखि चर्चा चल्दै आएर बुधबार भएको मन्त्रिपरिषद् पुनर्गठनको बहस भने फरकढंगबाट हुन थालेको छ । दुई तिहाइ समर्थन प्राप्त सरकारले पटक पटक मन्त्री फेरेको हो । काम गर्न नसकेका मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउन लागेको चर्चाकाबीच बुधबार ६ जना मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन भएको हो । 

दुई तिहास सरकारको मन्त्री हुँदा काम गर्न नसकेर हो या कुन कारणले उनीहरुलाई हटाएर अरुलाई मन्त्री बनाउनु पर्ने अवस्था आयो भन्नेबारेमा प्रधानमन्त्री ओली र सत्तारुढ नेकपाले जनतालाई स्पष्ट पारेको छैन । तर, प्रधानमन्त्री ओलीले चित्त बुझ्दो काम नगरेकाले अरुलाई अवसर दिएको चर्चा छ । जनताको मत लिएर आएका प्रतिनिधिले प्रधानमन्त्रीकै चित्त बुझाउन सकेनन् भने अब कसरी जनतासँग भोट माग्न जालान् भन्ने नैतिक संकटमा परेको निवर्तमान मन्त्रीहरुले आफूनिकटसँग कुरा गर्न थालेका छन् । 

बुधबारको मन्त्रिपरिषद् पुनर्गठनका बेला श्रम मन्त्री गोकर्ण विष्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापालाई हटाइएको छ ।

उनीहरुको स्थानमा क्रमश: वसन्तकुमार नेम्वाङ, रामेश्वर राय यादव, हृदयेश त्रिपाठी, लेखराज भट्ट, घनश्याम भुसाल र पार्वत गुरुङलाई ल्याइएको छ । प्रधानमन्त्री ओलीले हटाएका मन्त्रीहरुले आफ्ना मतदाता र जनतालाई के कारणबाट आफू हट्नु पर्यो भनेर जवाफ देलान्, यो भने हेर्न बाँकी नै छ ।  

Related posts

Online Gambling Enterprise Slot Machines: The Ultimate Guide

अविलास

Understanding High Cholesterol: Reasons, Results, and also Management

अविलास

Exactly how to Detox Your Body: A Comprehensive Overview

अविलास

अविलास

Experience the Thrill of Free Live Roulette Gamings

अविलास

The Very Best Actual Cash Casinos: Your Overview to Online Gambling

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349