eNepal

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद पुनर्गठन गर्दा ओलीले समाजवादी पार्टी नेपालका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयमा यसअघि कानुनमा रहेका भानुभक्त ढकाललाई ल्याइएको छ । पूर्व माओवादीबाट मन्त्री बनेका चक्रपाणी खनाललाई हटाएर घनश्याम भसाललाई कृषि तथा पशुपंक्षी मन्त्री बनाइएको छ ।

त्यसैगरी पूर्व माओवादीकै मातृका यादवलाई हटाएर लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । पूर्व एमालेबाट मन्त्री बनेका गोकर्ण विष्टलाई पनि असफल मन्त्रीको ट्याग लगाउँदै हटाएर रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्री भएदेखि नै बढि आलोचना खेप्दै आएका रघुवीर महासेठलाई हटाएर वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइएको छ । पहिलो पटक मन्त्री हूँदा निकै सफल भनिएका लालबाबु पण्डितलाई हटाएर हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ ।

त्यसैगरी थममाया थापालाई हटाएर पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएको छ ।

उद्योगि मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ भने रामवीर मानान्धरलाई सहरी विकास राज्यमन्त्री बनाइएको छ ।

फेरबदल गरिएका मन्त्रीहरुको अनुहार हेर्दा खासै उत्साह देखिने खालको भने छैन । उपेन्द्र यादवसँग सल्लाह विना नै मन्त्रालय फेरिएको बुझिएको छ । यसको अर्थ यादवले राजिनामा देखोस भन्ने चाहना हुन सक्छ ।

असफल भनि चर्चामा आएका रामबहादुर थापा, शक्ति बस्नेत, युवराज खतिवडा, जगतबहादुर विश्वकर्मा, गोकुलप्रसाद बास्कोटा, पद्माकुमारी अर्याल, वीना मगरलगातयको यथावत राखिएको छ ।

थापा निर्मला काण्डमा असफल, बस्नेतको केही पनि काम नदेखिएको, खतिवडाबाट अपेक्षा गरे जति काम नदेखिएको, विश्वकर्माले खेलकूद क्षेत्र नै नबुझेको, बास्कोटाको अभिव्यक्तिले सरकार आलोचित भएको, अर्यालले काम गर्न नसकेको र मगर मेलम्ची खानेपानी आयोजनामा असफल देखिएको आरोप लाग्दै आएको थियो ।

नयाँ अनुहारहरु केवल मिलिजुली खानुपर्छ भन्ने मान्यताले मात्रै ल्याएको देखिन्छ । यसअघि आलोचित नभएका र आशा गरिएको अनुहारमा घनश्याम भुसाल मात्रै देखिएको छ । तर उनलाई दिइएको मन्त्रालय पनि खासै चासोमा रहेको भने छैन ।

राज्यमन्त्री बनाइएका दुगड र मानन्धरलाई पनि भागबण्डा मिलाइएको जस्तो मात्रै देखिन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349