eNepal

नेपाल भ्रमण बर्ष २०२०: अवसर र चुनौतीहरु

गणेश कँडेल, मेल्बर्न

नेपाल भ्रमण बर्ष २०२०( Visit Nepal 2020) नजिकिँदै छ। नेपाल सरकार , बिदेशमा रहेका नेपाली कूटनितिक नियोगहरू, एनआरएनए लगाएतका बिदेशमा नेपाली संघ- संस्थाहरूले यस बारेमा प्रचारप्रसार गरी रहेको देखिंन्छ, भलै त्यो प्रचार प्रसार पर्याप्त नहोला । भरखरै मात्र नेपालको पर्यटन मन्त्रालयले सरकारी गाडीमा Visit Nepal 2020 लेखिएको प्रचार सामग्री टास्ने निर्णय लिएको छ । बिदेशमा पनी यो खालको गतिबिधि भइ रहेको सुन्न र देख्न सकिन्छ।

नेपाल छोटो दूरीमै भेट्न सकिने भौगोलिक ,साँस्कृतिक र जैविक बिबिधताले भरिपूर्ण भएपनी संरचना र ब्यबस्थापनको कमिले गर्दा तोकिएको समयमा प्रर्याप्त मात्रामा पर्यटक भित्राउन धेरैनै मेहनत गर्नुपर्ने देखिन्छ। बिदेशमा बसेर नेपाल जाँदा होस वा नेपालमै हुँदा बिभिन्न जिल्लाको भ्रमण गर्दा किन नहोस मनोरम  प्राकृति सम्पदाले भरिपूर्ण  हाम्रो देश माथिको कुराले गर्दा पर्यटक मैत्री नहुन सक्छ ।

पर्यटकले भिषाको आबेदन गर्ने ठाऊँमा रहेका सारै ढीला चल्ने कम्प्यूटर, अब्यबस्थित ब्यबस्थापन, प्रर्याप्तमात्रामा अनुभवी कर्मचारीको अभाव, अब्यबस्थित शौचालय तथा समयमा सुरक्षित लगेज लिने वातावरण नहूदा त्रिभुवन अन्तराष्ट्रीय बिमान स्थल ओर्लन साथ बिदेशी पाहूनाले राम्रो महसूस पक्कै गर्दैनन्।

पर्यटकहरू एयरपोर्ट बाहिर निस्के पछिको कोलाहल र प्रदूषण पनी एउटा समस्याको रुपमा देखिंन्छ। कम्तिमा पनी बाहिर निस्कने ढोकाको छेउमा एऊटा Help Desk राखेर पर्यटकलाई सहज रूपमा कुनै पनी ट्याक्सी ड्राइभरको तानातान र धूवाँ धुलो बचाउँदै उनिहरूले रोजेको सवारी चडाउने ब्यबस्था मिलाउनु पर्ने देखिन्छ ।

एयरपोर्ट वरपर चल्ने बहुसंख्यक ट्याक्सीहरू बिदेशीको लागी आरामदायी र भरपर्दो देखिदैन।ट्याक्सीको भित्र ठाऊँ सारै सानो र साघुरो हूनाले ५.८ फिट भन्दा माथिको मानिसलाई कि त बस कि त ठूलो गाडिमा जानु पर्ने देखिन्छ । ट्याक्सीहरू पुराना र सहि सलामत नभएर होला जता छोयो त्यही हातमा आऊने सम्म देखिन्छ । तरपनी केहि Private Company हरूले ठूला ट्याक्सी र डिलक्स बस सेवा संचालनमा ल्याएकोले केहि सहजता हुने देखिन्छ। पूर्व, सुदूरपश्चिम र पोखरातीर चल्ने केही डिलक्स बस र टुरिस्ट बस मा Air Condition, TV, रबिस बिन, मोबाइल चार्जका सुबिधा तथा light refreshments पनी ब्यबस्था गरेको देख्न सकीन्छ। यो खालको सेवा विस्तार गर्नु पर्ने देखिन्छ।

नेपालीहरू ईमान्दार र Friendly हुने गरेको धेरै पर्यटकको compliment को रूपमा सुन्न सकीन्छ। यो गुणलाई ट्राभल एण्ड टुर्सको माध्यमबाट परिष्कृत गर्न Professional Tourist guide र Travel company हरुको संख्या र गुणास्थर दुबै बढाउन Training and Coaching गरेर गुणस्थर सुधार गर्नु पर्ने तड्कारो आबश्यकता छ। 

ठुला ठुला तारे होटेलहरू बनाउँदा शहर केन्द्रित मात्र नभएर Regional area मा पनी बेबस्थित होटेल खोल्न सरकारले व्यवसायीहरुलाई प्रोत्साहन र सहयोग गर्नु पर्ने देखीन्छ। जसले गर्दा पर्यटकको बसाई लम्बाउन र सबैतिर पाहुनाको अथोचित सत्कार गर्न सकीन्छ। 

विदेशी पर्यटक घुम्ने ठाउँको बृदी गर्न नयाँ ठाउको खोज, पुराना ठाउँको Promote र Preserve गर्ने कार्यमा व्यापकता ल्याउनु पर्ने देखीन्छ। काठमाण्डू, पोखरा, नगरकोट, लुम्बिनी मात्र होइन Tourist हरू कर्णालीको माछा, जुम्लाका परिकार देखी दार्चूलामा महाकाली नदीमा हराउन र ईलाममा चिया खाने ब्यबस्था मिलाउन पहल गर्नु पर्ने छ। 

सीमित रूपमा रहेका विदेशी मुद्रा सटही केन्द्रको संख्या र होटेल रेस्टूरेण्टमा कार्ड बाट पैसा तिर्न मिल्ने ब्यबस्थाको प्रोमोट गर्नु ज़रूरी छ। जसले आगन्तुक तथा व्यवसायी दुबैलाई फाईदा पुग्छनै। 

यसरी हेर्दा सरकार, व्यवसायी, सम्पूर्ण नेपालीहरू,कुटनितिक नियोग सबैको एउटै Co-ordinated effort हुने हो भने चुनौतीहरुलाई सामना गर्दै हाम्रो एक सुन्दर नेपालमा एथेस्ट मात्रामा पर्यटक भीत्राउन गारो देखीदैन ।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349