eNepal

रोयल राइनोलाई ४१ रनले पराजित गर्दै सगरमाथाले जित्यो ऋचा मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि

अष्ट्रेलियाको मेल्बोर्नमा भएको  ऋचा मेमोरियल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा क्रिकेट क्लबले जितेको छ ।आइतबार सम्पन्न भएको अन्तिम खेलमा सगरमाथा क्रिकेट क्लबले रोयल राइनो क्रिकेट क्लबलाई ४१ रनले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो।।

सगरमाथाका अभिनाश पटेलले ४ ओभर बलिङको स्पेलमा २४ रन खर्चेर ४ विकेट र १९ रनको योगदान दिएका थिए।टस हारेर ब्याटिङको निम्तो पाएको सगरमाथाले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४४ रनको योगफल बनाएको थियो ।

१ सय ४५ रनको जवाफी रूपमा ब्याटिङ गर्न मैदानमा आएको रोयल राइनोले १८ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय तीन रनमा समेटिदा ४१ रनको हार बेहोर्दै उपाधि जित्न चुक्यो ।

११ अक्टोबर देखी पाँच सातासम्म अष्ट्रेलियामा आयोजना भएको ऋचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगितामा ८ टोलीको सहभागी रहेको थियो ।

बिजेता सगरमाथा क्रिकेट क्लबले १५ सय अष्ट्रेलियन डलर प्राप्त गर्नुका साथै ट्रफी, मेडल प्राप्त गर्‍यो ।प्रतियोगिताको म्यान अफ द सिरिज दिपेन राइमाझी, उत्कृष्ट बलर किरण कडेल, उत्कृष्ट बलर सुनित अर्याल र उत्कृष्ट विकेट किपर दिनेश सुवेदी घोषित भएको प्रतियोगिताका निर्देशक बिजय धितालले जानकारी गराए ।

प्रतियोगिता नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठको छोरी ऋचा श्रेष्ठको सम्झनामा र वर्तमान नेपाली क्रिकेटको स्तरलाई अझै माथि पु–याउनुका साथै क्रिकेटको बिकासमा दरिलो सहयोग पु–याउनका निमित्त अष्ट्रेलियाको मेलवर्नमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक सुदिप न्यौपानेले जानकारी गराए ।

सगरमाथा क्रिकेट क्लबको आयोजना र भिक्टोरिया नेप्लिज क्रिकेट एसोसियसनको सहकार्यमा मेलबर्नको भिक्टोरियामा क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

दुई महिना अगाडि अष्ट्रेलियामा क्यान्सरबाट देहावसान भएकी ऋचा श्रेष्ठ नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठको छोरी हुन्, भने नेपाली राष्ट्रिय क्रिकेटर युनिल श्रेष्ठ र मन्जित श्रेष्ठका बहिनी पनि हुन् ।

स्वर्गीय ऋचाको सम्झनामा र बिदेशमा बस्दै आएका नेपाली क्रिकेट खेलाडीहरुको प्रतिभालाई निखार्नका निमित्त प्रतियोगिताको आयोजना गरिएको भिक्टोरिया नेप्लिज एसोसिएसनका अध्यक्ष तथा स्वर्गीय ऋचा श्रेष्ठका श्रीमान विवेक श्रेष्ठले जानकारी दिए ।

अगामी बर्षहरुमा यो प्रतियोगिताले निरन्तरता पाउने पनि श्रेष्ठले हामीलाई जानकारी गराए ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349