eNepal

फेक न्युजको बिगबीगी

जतिसुकै शिक्षित, बुद्धिजीवी र सजग सोचिएका व्यक्तिहरु पनि इन्टरनेटका फेक न्युजको चंगुलमा पर्ने गरेका छन् । यस्ता घटना प्रशस्तै छन् । 

यसको मुख्य कारण हो सस्तो र चाँडो लोकप्रियताकाे भाेक । इन्टरनेटले लोकप्रियताको मात्र भाषा बुझ्छ, प्रामाणिकता र विश्वसनीयताको भाषा बोल्दैन । त्यसैले यसका प्रयोगकर्ताहरु पनि त्यही अभ्यासमा ‘एडप्ट’ भइसकेका छन् ।

तर, सेलेब्रिटीको मृत्युको फेक न्युजको इतिहास भने लोकप्रियताका लागि सुरु भएको थिएन । त्यसको इतिहास फरक छ । कालान्तरमा गएर मात्र ‘डेथ होक्स’लाई टीआरपी, हिट्स र सस्तो लोकप्रियताको अस्थायी साधनका रुपमा प्रयोग गर्न थालिएको हो ।

कसले सुरु गर्‍यो ‘सेलिब्रिटी डेथ होक्स’ ?

सेलिब्रिटीको मृत्युको भ्रामक एवं झुटा समाचार सम्प्रेषण गर्ने चलन नयाँ होइन । इन्टरनेटको आविष्कार हुनु अगाडि पनि यस्ता घटना भएको तथ्यांक पाइन्छ । यद्यपि, इन्टरनेटले यसको प्रयोग र प्रभाव विस्तारमा भने सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको छ ।

पहिलो डेथ होक्ससम्म पुग्न यथेष्ट तथ्यांक उपलब्ध नभए तापनि यसलाई संस्थागत गर्ने पहिलो व्यक्ति भने रिच हूभर हुन् । उनले सन् २००३ बाट संस्थागत रुपमा सेलिब्रिटीको मृत्युको फेक न्युज बनाउन थालेका थिए ।

तर, उनको त्यसबेलाको नियत सर्वसाधारणलाई झुक्याउनु थिएन । साथीसाथीबीच प्राङ्क गर्ने शैलीमा उनले यसको सुरुवात गरेका थिए । उनको ‘फेक अ वीस’ नामको अफिस अनलाइन कम्पनी छ । अनलाइनबाटै जोसुकैले आफुले चाहेको सेलिब्रिटीको नाम त्यहाँ टाइप गरेपछि उसको मृत्युको भएको समाचारको टेम्प्लेट उपलब्ध हुन्छ । उनले ग्लाेबल एसाेशिएट न्युज नामक मिडिया स्थापना गरेर फेक न्युजकाे प्रचार गर्थे ।

उनको लक्ष्य त्यसलाई साथीभाईबीच रमाइलो वा प्राङ्कका रुपमा मात्र प्रयोग गर्नु थियो । तर, उनले यो फेक न्युज हो भन्ने संकेत दिन विभिन्न तरिका अपनाउँथे ताकि सजग भएर हेर्नेले सहजै पत्ता लगाओस् ।

जस्तै, उनले बनाउने फेक न्युजमा अप्रिय घटना, सवारी दुर्घटना लगायतका घटनामा परेर सेलेब्रिटीको मृत्यु हुन्थ्यो । लागुपदार्थ सेवन वा अत्यधिक मद्यपान वा आत्महत्याका कारण मृत्यु भएको जस्ता असंवेदनशील कारण हुँदैन थिए । त्यसपछि उनी एकदमै असामान्य स्थानमा मृत्यु भएको समाचार बनाउँथे, ताकि विवेक प्रयोग गरेर पढ्दा सही र गलत छुट्टियोस् ।

‘डेथ होक्सको मेरो प्रयोजन भ्रमको खेती होइन, रमाइलो मात्र हो । म डेथ होक्समात्र पनि बनाउँदिन, अन्य रमाइला फेक न्युज पनि बनाउँछु’, उनले एक अन्तर्वातामा भनेका छन्, ‘तर, यस्ता फेक न्युजले सेलेब्रिटीलाई खासै फरक पर्दैन । फ्यानहरु नै हुन् अनावश्यक निहु खोज्ने ।’

लोकप्रियता भर्सेस विश्वसनियता

इन्टरनेट लामो समयदेखि बहसको विषय बनिरहेको छ । पहिले विदेशमा मात्र सिमित यो बहस इन्टरनेटको बढ्दो पहुँच र लोकप्रियता सँगै नेपालमा पनि हुन थालिएको छ ।

विशेषगरी अनलाइन सञ्चार माध्यमको संख्या बढेसँगै कसको विश्वास गर्ने कसको नगर्ने द्विविधा पनि बढीरहेको छ । संख्या बढेपछि प्रतिस्पर्धा पनि बढ्छ । अफसोच यस्ता प्रतिस्पर्धा को सही भनेर होइन को पहिलो भनेर हुने गर्छन् ।

पहिलो हुने होडमा केही समय पहिले प्रधानमन्त्री ग्राण्डी अस्पतालमा उपचाररत रहँदा नेपालका सबै अनलाइन मिडियामा ठूलै खैलाबैला भयो । पहिलो हुने होडमा विभिन्न सञ्चारमाध्यमहरुले आफुखुसी समाचार हाले ।

कोही प्रधानमन्त्री ओली उपचाररत लेखिरहेका थिए भने कसैले घर फर्किए भन्न पनि भ्याइ सकेका थिए । कसैसँग पत्रकारिताको आधारभुत सिद्धान्त अनुसार स्रोतले दिएको सुचना सही हो वा गलत भनेर भेरिफाई गर्ने फुर्सद समेत भएन ।

मारमा नेपाली सेलेब्रिटीपनि

नेपालमा सेलिब्रिटीको मृत्युको फेक न्युज पनि धेरैपटक आएका छन् । तर, त्यो चाहीं छल्ने वा झुक्याउने नियतले नभएर पहिलो हुने होडले हो । अम्बर गुरुङको मृत्यु अगावै उनलाई समाजका बुद्धिजीवीहरुले श्रद्धाञ्जली दिइसकेका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे जीवित छँदै सबैभन्दा बढी श्रद्धाञ्जली र आरआईपी खाने नेपाली मध्येमा पर्छन् । शताब्दीपुरुष सत्यमोहन जोशीले पनि आफ्नो उमेरभन्दा ३–४ गुणा नै बढी श्रद्धाञ्जली खाइसके होलान् ।

नेपाललगायत विश्वभरका सबै मिडियाले यो पाठ सिक्नु आवश्यक छ । नत्र भोलिका दिनमा ‘जिउँदो मान्छेलाई मृत भनेर समाचार सम्प्रेषण गरेकोमा क्षमाप्रार्थी छौं’ भनेर भूलसुधार छाप्नुपर्ने खतरा रहिरहनेछ ।

यो लेख निर्वान झापालीले लेख्नु भएको हो।

Related posts

Online Gambling Enterprise Slot Machines: The Ultimate Guide

अविलास

Understanding High Cholesterol: Reasons, Results, and also Management

अविलास

Exactly how to Detox Your Body: A Comprehensive Overview

अविलास

अविलास

Experience the Thrill of Free Live Roulette Gamings

अविलास

The Very Best Actual Cash Casinos: Your Overview to Online Gambling

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349